स्व.राम गौचनको स्मृतिमा यति लोक सांस्कृतिक साँझ २०७८ आयोजना हुने

म्याग्दी । बेनीको क्याम्पसचोक स्थित होटल यतिले शुभ दीपावलीको शुभकामना सहित होटलका संचालक स्वं राम गौचनको १५ औँ स्मृति दिवसका अवसरमा यति लोक सांस्कृतिक साँझ २०७८ आयोजना गर्ने भएको छ ।

मंगलबार होटल यतिमा पत्रकार सम्मेलन गर्दै होटल यतिका संचालक बिमला गौचनले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको हो । यहि कार्तिक १६ गते बिहान ११ बजे देखि होटल यतिको प्राङगणमा सुरु हुने कार्यक्रममा खुल्ला एकल नृत्य प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम संचालन हुने छ ।

साथै कार्यक्रममा चर्चित लोक दोहोरी गायक बसन्त थापा, र जिल्लाका अन्य कलाकारहरुको पनि सांगीतिक प्रस्तुती रहने संचालक गौचनले जानकारी दिनुभएको छ ।

‘मेरो श्रीमानले पनि गीत संगीतमा निकै रुचि राख्नु हुन्थ्यो, त्यसैले उहाँको आत्म शान्तिका लागि स्मृति दिवसको अवसर पारि लोक सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हुँ’ गौचनले भन्नुभयो, “स्थानीय कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटन प्रवद्र्धन, र कोरोनाका कारण थलिएका मनहरुलाई मनोरञ्जन प्रदान गराउने पनि कार्यक्रमको उद्देश्य रहको छ” ।

नृत्य प्रतियोगीतामा प्रथम पुरस्कार रु दश हजार, दित्तिय पुरुस्कार रु पाँच हजार र तृतिय पुरस्कार रु तीन हजारको ब्यबस्था गरिएको कार्यक्रम संयोजक लोक गायक धु्रव जिसीले बताउनुभयो । बिगत ३९ बर्ष देखि होटल यतिले निरन्तर सेवा प्रदान गरिरहेको छ ।

जिल्लाकै एक सुविधा सम्पन्न र उत्कृष्ट ब्यबस्थापन रहेको होटल यतिमा पाहुनाका लागि २५ वटा आरामदायी कोठाको ब्यबस्था रहेको छ । पार्किङ् सहितको प्रयाप्त भौतिक संरचना भएको र पाहुनाको उचित स्वागत, सत्कार र पारिवारिक वातावरण भएकाले होटल यति आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गर्दछ ।

बि.स.२०६४ साल साउन २८ गते संचालक राम गौचनको अकस्मात दुखद निधन भएको थियो । श्रीमानको निधन पश्चात पनि बिचलित नभई थप नयाँ ब्यबस्थापनका साथ श्रीमति बिमला गौचनले होटल संचालन गरिरहनुभएको छ ।

You can share this post!

एमाले रघुगंगा गाउँपालिका १ को अध्यक्षमा नरसिंह पुन चयन

राष्ट्रियता र समृद्धिको यात्रा अगाडि बढाउने पार्टी एमाले होः सांसद थापा

Related posts