कालीपुलका बाढी पहिरो पीडितलाई एमाले म्याग्दीको आर्थिक सहयोग

गए राति साढे २ बजे कालिगण्डकी माथि खसेको पहिरो तथा बढीको कारण पीडित बनेका ८ घर परिवारलाई नेकपा एमाले म्याग्दीले आर्थिक सहयोग गरेको छ । क्षेतिको आधारमा ३ घरलाई ४ हजार र ५ घरलाई २ हजारका दरले तत्कालका लागि राहत स्वरुप आर्थिक रकम सहयोग गरीएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनु भयो ।


नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्य सन्तोष रावलको सञ्चालनमा सम्पन्न भएको राहत वितरण कार्यक्रममा नेकपा एमाले म्याग्दीका नेताहरु देबेन्द्र केसी, प्रमोद श्रेष्ठ, भुपेन्द्र बुढाथोकी लगाएतको उपस्थिती रहेको थियो । तत्कालका लागि उपलब्ध गराईएको आर्थिक राहत रकम एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले वडा अध्यक्ष रामकृष्ण बराईली लाई हस्तान्तरण गर्नु भएको थियो । बराईलीले पीडित परिवारमा सो रकम हस्तान्तरण गर्नु भएको युवा संघ नेपाल म्याग्दीका कोषाध्यक्ष लक्षुमण कटुवालले बताउनु भयो ।

 

You can share this post!

बालजागृतिमा स्व. भक्त कार्कीको सम्झनामा श्रद्धाञ्जली–सभा, समाजबाट अपराजन्य प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा वक्ताको जोड

कोकिन कारोबारीबाट नेपाली कलेजसमेत प्रयोग

Related posts