करेन्ट लागेर घाइते भएका बालकलाई एमाले नेता जिसीद्वारा १० हजार सहयोग

म्याग्दी । नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले करेन्ट लागेर घाईते भएका बालकलाई रु १० हजार सहयोग प्रदान गर्नुभएको छ । विहिबार साँझ करिव साढे ५ बजेको समयमा म्याग्दी जिल्ला मालिका गाउँपालिका ६ दुखु घर भएका ७ बर्षीय बालक एकु छन्त्याल करेन्ट लागेर घाइते हुनुभएको थियो ।

तल्लो दुखु रातढुङ्गामा रहेको ट्रान्सफर्मरमा खेल्दै जादा अचानक छुन पुगी शरिरमा करेन्ट लागेको थियो । एकुको बायाँ हात तथा पेटमा करेन्ट लागेर जलेको उनका बुबा ईश्वर छन्त्यालले बताउनुभयो ।
करेन्ट लागे लगत्तै कृष्णलाई बेनी अस्पताल ल्याईएको थियो ।

बेनी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि अस्पतालले पोखरा स्थित गण्डकी अस्पतालमा रिफर गरेको जनाएको छ । आर्थिक अवस्था कमजोर भएकाले तत्काल पोखरा जान समस्या देखिएकाले सो रकम सहयोग गरिएको गंगा जिसी फाउन्डेसनका अध्यक्ष समेत रहनुभएका जिसीले बताउनुभयो ।

जिसीले बेनी अस्पतालमै पुगेर छन्त्याललाई सहयोग प्रदान गर्नुभएको थियो । युवा नेता तथा निर्माण व्यवसायी समेत रहनुभएका जिसीले जिल्लाका विपतजन्य अवस्थामा महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ ।

You can share this post!

समृद्ध जिल्ला बनाउने संकल्प छ, हामीलाई भोट दिनुहोसः एमाले उम्मेदवार

नवौं राष्ट्रिय खेलकुदः गण्डकीका पदक विजेता खेलाडीहरुलाई परिषदले नगद सहित सम्मान गर्ने

Related posts