बेनपा ९ का वडा सचिवको निधनः बेनी नगरपालिकामा आज शोक विदा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ का वडा सचिव भुपेन्द्र खत्रीको निधन भएको छ । सोमवार बेलुकी घरमै अकस्मात लडेर गम्भिर घाइते भएका खत्रीलाई उपचारका लागि पोखरा लैजादै गर्दा मंगलबार बिहान उहाँको निधन भएको हो ।

बेनी नगरपालिका ९ नेप्टेचौर निवासी खत्री सहायक पाँचौ तह वडा सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो । वडा सचिव खत्रीको असामयिक निधन प्रति बेनी नगरपालिकाले आज बेनी नगरपालिका र मातहतका सम्पुर्ण वडा कार्यालयहरुमा शोक बिदा गरेको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठले शोक बक्तब्य जारी गर्दै वडा सचिवको निधन प्रति दुख ब्यक्त गर्नु भएको छ । साथै आज मंगलबारका दिन खत्रीको शोक मनाउदै कार्यालयको सेवा प्रवाह बन्द गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । सेवा प्रवाह रोकिदा सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा याचना समेत गरेको छ ।

 

You can share this post!

मणिपाल कलेजमा अनेरास्ववियुको तालावन्दी

जन्मदिनको अवसरमा कोषलाई ५० हजार सहयोग

Related posts