पोखरामा उपचाररत म्याग्दीका एक कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत म्याग्दीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत म्याग्दीको धवलागिरी गाउँपालिकाका–७ का ८५ बर्षीए एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।
गत असोज २९ गते कोरोना संक्रमण भएपछि केन्द्रको आइसीयुमा भर्ना गरि उहाँको उपचार शुरु गरीएको थियो । उपचारकै क्रममा मंगलबार राती ८ बजेर २५ मिनेट जाँदा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो । उहाँमा कोरोना संक्रमण संगै फोक्सोमा निमोनिया तथा मुगौलामा समेत संक्रमण देखिएको थियो । काठमाडौं बाट घर फर्किए पछि विरामी भएर पोखरा उपचारको लागी पुग्दा उहाँमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

You can share this post!

अन्य जिल्ला सरह म्याग्दीलाइ पनि सुविधा हुन्छः मन्त्री गुरुङ

हेल्लो सरकार ! यी बिरामी विपन्न कि सम्पन्न ?

Related posts