२० औँ संस्करणको जेसिज कप आगामी मंसिर २१ गतेदेखि हुने

म्याग्दी । म्याग्दी जेसिजको आयोजनामा प्रत्यक बर्ष संचालन हुने अन्तर मावि स्तरीय जेसिज कप फुटवल प्रतियोगिताको २० औँ संस्करण आगामी मंसिर २१ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको सम्वन्धमा जानकारी दिन सोमवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष सन्दिप खत्रीले मंसिर २१ गतेदेखि २५ गते सम्म प्रतियोगिता संचालन गर्ने गरि तयारी थालिएको  बताउनुभयो ।

कार्यक्रममा २० औँ संस्करणका लागि तय गरिएको जेसिज कप फुटवल म्याग्दीको सान–नव प्रतिभा पहिचान र क्षमता प्रष्फुटन भन्ने नारा सहितको लोगो सार्वजनिक समेत गरिएको छ । प्रतियोगिता विजेता विद्यालयलाई जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपविजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३२ हजार २३२ पुरस्कारको व्यवस्था गरिएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो । त्यस्तै सेमि फाइनलमा पुग्ने दुई टीमलाई नगद रु पाँच, पाँच हजार पुरस्कार दिने निर्णय गरिएको छ । यो व्यवस्था भने पहिलो पटक गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अर्वाड, उत्कृष्ट डिफेन्डर सरस्वति अवार्ड, उत्कृष्ट स्ट्राइकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर माया अवार्ड, राईजिङ प्लेयर धन अर्वाड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, र अनुशासित टीम झलक खगेश्वरी अवार्ड नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतियोगिताका मुल संयोजक दिनेश बानियाँले बताउनुभयो ।

प्रतियोगिताको टाईटल स्पोन्सर गौमती विकास कोष र प्रायोजकमा लालीगुराँस अफसेट प्रेस रहेको छ । इन्सोरेन्स पार्टनर रिलायवल नेपाल लाईफ र हेल्थ पार्टनरमा बेनी सञ्जिवनी हेल्थ क्लिनिक रहेको छ । प्रतियोगिता संचालन तथा व्यवस्थापनका लागि म्याग्दी जेसिजका कार्यकारिणी उपाध्यक्ष दिनेश बानियाँ मुल संयोजक रहने गरि विभिन्न १७ वटा उपसमितिहरु गठन गरिएको छ । प्रतियोगिता संचालनका लागि ७ लाख ५७ हजार २३१ रुपैयाँ अनुमानित खर्च हुने संयोजक बानियाँले बताउनुभयो ।

बेनीको खुल्लामञ्चमा संचालन हुने प्रतियोगितामा जिल्ला करिव २० वटा विद्यालयले सहभागिता जनाउने र ३०० भन्दा वढि खेलाडीहरुको प्रतिभा उजागर हुने जेसिजले अपेक्षा गरेको छ । सन २००१ बाट सुरु गरिएको अन्तर मावि जेसिजकप फुटवल प्रतियोगितामा हाल सम्म प्रकाश माविले ५ पटक, बेनी बोर्डिङले ५ पटक, माउण्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यू वेष्ट प्वाईन्ट आवासीय माविले ५ पटक जित हासिल गरेका छन । जेसिजकप फुटबलले जिल्लामा खेलाडी तथा रेफ्रि उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउदै आएको म्याग्दी जेसिजले जनाएको छ ।

You can share this post!

क्षत्री दिवसको अवसरमा कपडा सहयोग

एघारौँ बेनी बोर्डिङ कपको उपाधी बेनी सामुदायिकलाई

Related posts