रुप्से दैनिकले मनायो १८ औँ बार्षिक उत्सव

म्याग्दी । रुप्से संचार सहकारी संस्था लिं द्वारा प्रकाशित रुप्से दैनिक पत्रिकाले आफ्नो १८ औँ बार्षिक उत्सव मनाएको छ । मंगलबार बेनीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि केक काटेर १८ औँ बार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले म्याग्दीमा पत्रकार उत्पादनमा रुप्सेको ठुलो योगदान भएको बताउनुभयो । हाल डिजिटल प्रबिधिले छापा माध्यम केही ओझेलमा परको भएपनि छापाको महत्व बेग्लै भएको उहाँले बताउनुभयो ।

छापा माध्यम एक अभिलेख हो भन्दै खड्काले पत्रिका पाठकले पढ्न रुचि हुने खालका बिषयहरु सहित प्रकाशन गर्नुपर्ने बताउनुभयो । मलाई पत्रकार महासंघ म्याग्दीको संस्थापक अध्यक्ष बनाउने पत्रिका रप्से नै हो खड्काले भन्नुभयो, “त्यसैले मेरो पत्रकारिताको जननि रुप्से दैनिकलाई ठान्छु” । अठार बर्ष पुग्दा अब रुप्सेलाई बैंश आएको भन्दै उहाँले थप सौन्दर्यता भरिदिन रुप्सेकर्मीहरुलाई अनुरोध पनि गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य नबराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतम, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । बक्ताहरुले हाल संचालनमा रहेका पत्रीका मध्य रुप्से जेठो र पुरानो भएकाले यसको गरिमा र साखलाई बचाइराख्नु पर्नेमा जोड दिएका थिए ।

रुप्से संचार सहकारी संस्था लि. का अध्यक्ष सुरज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका बिभिन्न मिडियाका संचालक तथा प्रकाशक पत्रकारहरु, सहकारीका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष राजेश शाक्यले स्वागत र सचिव लेख बहादुर हमालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

You can share this post!

हराएको ५२ बर्षपछि घरमा आईपुगे थामडाँडाका गंगाबहादुर गुरुङ

तलव दिने सहमति पछि आन्दोलन फिर्ताः बेनी अस्पतालको सेवा सुचारु

Related posts