एमाले जनताको पक्षमा उभिने पार्टी हो: नेता थापा

नेकपा एमालेकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री थममायाँ थापाले जनताले नेकपा एमालेले गर्ने कामको मुल्याङ्कन गरेरै लोकप्रिय मतका आधारमा पहिलो पार्टी बनाएको बताउनुभएको छ ।

नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको दोश्रो अधिवेशनमा बोल्दै पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले उक्त धारणा राख्नु भएको हो ।

प्राविधिक हिसाबले दोश्रो स्थानमा पुगेको भए पनि लोकप्रिय मतको आधारमा हेर्ने हो भने एमाले नै अहिले मुलुकको पहिलो  पार्टी हो, थापाले भन्नुभयो ।

पार्टी त्यसै बनेको नभएर एमाले नेतृत्वका सरकार हुँदा पार्टीले गर्ने काम र दिगो विसकाका साथै जनताको पक्षमा भएको कामको मुल्याङ्कन गरेरै जनताले एमालेलाई पहिलो शक्तिको रुपमा अगाडी उभ्याईदिएको उहाँको धारणा थियो ।

यही जगमा उभिएर अब आउने निर्वाचनमा तीनै तहको सरकारमा एमालेको बहुमत हुनु पर्ने थापाको भनाई छ । मिसन २०८४ भनेकै एमालेले सबै तहमा बहुमत सिद्ध गर्नका लागि हो । त्यसैले अबको निर्वाचनमा सबै तहमा बहुमत प्राप्त गर्ने हिसाबले पार्टीको सबै पंक्ति लाग्नु पर्छ–उहाँले भन्नुभयो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले महिलाहरु नेतृत्वमा आएको खण्डमा समग्र बिकास हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘हरेक ठाउँमा सहभागिताको हिसाबले हेर्दा महिलाको धेरै हुने तर नेतृत्व गर्ने तहमा नहुने हुनाले पनि देशको दिगो विकासमा बाधा भएको हो ।’

महिलाको बारेमा सोच्न सकिएन भने मुलुकको पनि बिकास नहुने उहाँले तर्क गर्नुभयो । मेरै नेतृत्वमा भएको सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेश भित्रका ३९ जना आमा र उनीहरुको बच्चाको ज्यान जोगाउनका लागि हेलि उद्धार गरेको भन्दै देश र जनताको दुःखमा एमालेले साथ दिँदै आएको तर्क गर्नुभयो ।

आमा र बच्चा जोगाउन सक्यौं भने नै धेरै पछि सम्मको सन्ततीले पनि सम्झने काम हुन सक्छ त्यसैले एमाले मात्रै मुलुकका लागि दुरदृष्टि राख्ने पार्टी हो गण्डकी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री पुनको धारणा थियो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जहाँ आउँछ त्यस क्षेत्रमा विकास लिएर आउने बताउनुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हरेक स्थानीयतहमा एक अस्पतालको नीति अनुसार काम शुरु भै सकेको भएको भए पनि रघुगंगा गाउँपालिकामा अहिले सम्म पनि जग्गा प्राप्ती सम्म गर्न नसको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले अस्पताल निर्माण भै सक्नु पर्ने समय हुँदा पनि अस्पतालका लागि जग्गा सम्म पनि खोज्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले स्थानिय सरकारमा एमाले नेतृत्व हुन नसक्दा रघुगंगा गाउँपालिकामा राजनैतिक रुपमा असक्षमता भएको तर्क गर्नुभयो । उहाँले कुनै पनि ठाउँमा निहित व्यक्तिको स्वार्थका लागि राज्यका जनताले तिरेको राजश्वको पैसा दुरुपयोग हुन नहुने बताउनुभयो ।

सुबेदीले भन्नुभयो–‘हामीले गलत भएको कुराको सँधै विरोध गरेका छौं र खबरदारी सँधै रहनेछ तर पनि नेत्तृत्वमा रहेकाले जनताको पक्षमा नसोच्दा रघुगंगाका जनताले दुःख पाएका छन् ।’

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ, एमाले म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र बहादुर कटुवाल, नेकपा एमालेको तर्फबाट गत स्थानीय तहकी उपाध्यक्ष उम्मेदवार यामकुमारी गर्बुजा, एमाले जिल्ला कमिटी सदस्य खिमबहादु शाही, नेकपा एमालेबाट रघुगंगा गाउँपालिका–२ मा विजयी वडा अध्यक्ष अमृत भण्डारी, ७ का वडा अध्यक्ष रिम पाइजाले मन्तव्य राख्नुभएको थियो ।

नेकपा एमाले रघुगंगा गाउँकमिटीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता, निवर्तमान उपाध्यक्ष ओम पुनको स्वागत र सचिव झलक शर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा अन्तरक्रिया

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

Related posts