बाढिपहिरो बाट विस्थापित बनेका म्याग्देलीहरुको मोनाकतार साथी बनेको छ । पिडितहरुको घाउमा मलम लगाउने उद्देश्य अनुरुप मोना कतारले पहिलो चरणमा चार लाख पचास हजार आठ सय तिस रुपैयाँ सहयोग गरेको छ । रोजगारीका शिलशिलामा कतार पुगेका म्याग्देलिहरुबाट संकलन गरिएको उक्त सहयोग रकम मंगलबार मोना आईसीको खातामा संकलन गरिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले जानाकारी दिनु भयो ।
मोना कतारको कोषमा रहेको २ हजार कतारी रियल र बाँकी सहयोग रकम संस्थाका प्रथम उपाध्यक्ष नरेन्द्र फगामीको संयोजकत्वमा देवी कँडेल तथा अजय कुँवर सदस्य रहने गरी आर्थिक समिती गठनगरी संकलन गरिएको पौडेलले बताउनु भयो । यो रकम पहिलो चरण भएको र अझै पनि सहयोग संकलन अभियान संञ्चालन मै रहेको पौडेलले बताउनु भयो ।
यस भन्दा अगाडि पनि जिल्लामा हुने विपत तथा जिल्ला बासीमा रकम अभावका कारण उपचार नपाएका विरामी लगाएतका मानविय सेवामा पनि मोना कतारले सहयोग गर्दै आएको छ । साथै कतारमा कोरोनाका कारणले नेपाल फर्किन समस्यामा परेका नेपालिहरु लाई खानपिनको व्यवस्था सहित नेपाल फर्किन पनि सहजिकरण संस्थाले गर्दै आएको छ ।