एमालेको प्रदेश अधिवेशनका लागि बेनी नगर कमिटीबाट ६ जना सर्वसम्मत, ७ का लागि छलफल हुँदै

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागी म्याग्दीको बेनी नगर कमिटीबाट १३ जना प्रतिनिधि छनौट हुनुपर्नेमा महिला र दलितबाट ६ जना सर्वसम्मत रुपमा चयन भएका छन । भने खुल्लाबाट ६ र युवाबाट १ जना चयन हुनुपर्नेमा १० जना आकाँक्षी देखिएका छन ।

शनिबार नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित बेनी नगर कमिटीको वैठकबाट महिलातर्फ मुना बानियाँ, पशुपति शाही र मिना राम्जली सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको छ । त्यस्तै दलिततर्फ भोज बहादुर थापा (किसान) सुवास विश्वकर्मा र गोरी दर्जि सर्वसम्मत हुनुभएको हो ।

खुल्लातर्फ ६ जना प्रतिनिधि चयन हुनुपर्नेमा हरिकृष्ण श्रेष्ठ, प्रमोद श्रेष्ठ, खुम बानियाँ, देव घले, सन्तोष रावल, किरण सापकोटा र नारायण जिसी गरि ७ जना आकाँक्षी देखिनुभएको छ । त्यसैगरी ४० वर्ष मुनिका १ जना युवा प्रतिनिधि छनौट हुनुपर्नेमा युवातर्फ राजकुमार थापा, प्रकाश पौडेल र लक्ष्मण कटुवाल गरि ३ जना आकाँक्षी देखिनुभएको नेकपा एमाले बेनी नगर कमिटीका सचिव सुवास विश्वकर्माले जानकारी दिनुभयो ।

खुल्ला र युवा तर्फको प्रतिनिधि छनौटलाई सर्वसम्मत बनाउनका लागि छलफल चलिरहेको नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गण्डकी प्रदेशको प्रथम अधिवेशन यहि असोज १५ र १६ गते पोखरामा हुदैछ । प्रतिनिधी चयनका लागी हरेक पालिकामा असोज ६ गते मनोनयन दर्ता गर्ने र सर्वसम्मत नभए प्रतिनिधी चयनका लागी ९ गते मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितीले जनाएको छ ।

You can share this post!

हेम्जामा माओवादीको म्याग्दी–पोखरा सम्पर्क इकाई गठन

प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कारबाट म्याग्दीका पत्रकार बास्कुने सम्मानित

Related posts