मापडण्ड बिपरीत मंगलाको पान बगरमा नदी जन्य पद्धार्थ उत्खनन्

म्याग्दी जिल्लाको मंगला गाउँपलिका ३ मा रहेको पान बगरमा मापडण्ड बिपरीत अबैद्ध रुपमा नदि जन्य पदार्थ उत्खनन् गरीएको पाईएको छ । बिशेष सुचनाका आधारमा बावियाचौर बाट खटिएको प्रहरीको टोलिले मापडण्ड विपरीत नदिजन्य पदार्थ उत्खनन् गरीरहेकै अवस्थामा शुक्रबार २ टिप्पर र एक स्काभेटर नियन्त्रणमा लिएको छ ।
प्रहरी नायव उपरीक्षक स्याम कुमार राईका अनुसार गाउँपालिका सँग मजदुर मार्फत नदी जन्य पदार्थको उत्खनन् गर्ने सर्तमा ठेक्का सम्झौता गरेका ठेकेदारले मापडण्ड विपरीत म्याग्दी खोला किनारमा रहेको पान बगरमा नदि जन्य पदार्थ उत्खनन् गरेको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ग १ क ५३२४ र बा ३ क ३३७ नम्बरको टिप्पर र बा २ क १२१३ नम्बरको नदिजन्य पदार्थ उत्खनन् गरीरहेको स्काभेटर नियन्त्रणमा लिएको र थप कार्वाही प्रकृयाको लागि जिल्ला समन्वय समितीमा पठाउने तयारी गरिएको डिएसपी राईले बताउनु भयो । पछिल्लो समय म्याग्दी जिल्लामा कोरोना नियन्त्रणमा सुरक्षा नियकाए खटिरहेका बेला सुरक्षा निकायको आँखा छलेर नदी जन्य पदार्थ उत्खनन् हुदै आईएको पाईएको छ ।

You can share this post!

काठमाडौंको काँडाघारीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो

एस.एल.सी ब्याच २०६९ द्धारा राष्ट्रिय माबि घतानमा एक लाखको अक्षयकोष स्थापना

Related posts