म्याग्दीमा २४ जना नयाँ क्षयरोगी

म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी ८७ जनाले नियमित औषधि सेवन गरिरहेको बताइएको छ ।

जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १२ जनाा नयाँ क्षयरोग भेटिएका छन् । त्यस्तै मालिका गापा ४ जना, मंगला गापा २ धवलागिरी २ जना र रघुगंगा गाउँपालिकामा २ जनामा क्षयरोगी भेटिएका छन् ।

 

म्याग्दी जिल्लामा गत आवमा ’टिबी प्रिभ्यालेन्स सर्वे’मा म्याग्दी जिल्लाभित्र २ सय ४९ क्षयरोगी पत्ता लगाउनुपर्नेमा ६३ जना पत्ता लगाइएको स्वास्थ्य कार्यालयका क्षयरोग फोकलपर्सन गणेश सुबेदीले बताउनुभयो । एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहमा प्रयोगशाला र जनशक्तीको ब्यवस्थापन गर्न सकिएमा वडास्तरमै पुगेर खकार परीक्षण शिविर सञ्चालन गर्न सकेमा सङ्क्रमितको पहिचान गर्न सजिलो हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा खकार जाँच गर्नुपर्छ ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल र बेनी अस्पतालका डा.अनुषा मानन्धरले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलकसहित विभिन्न माध्यमबाट बिरामीको पहिचानमा जोड दिनुभएको थियो ।

 

You can share this post!

जेसिजको बहुशाखा तालिम तथा फेलोशिप कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

Related posts