म्याग्दीका कृषकहरुलाई ७३ लाख अनुदान

म्याग्दी, फागुन १० ।  कृषि ज्ञान केन्द्र म्याग्दीले आर्थिक बर्ष २०७८÷०७९ मा कृषकहरुलाई ७३ लाखको अनुदान कार्यक्रम संचालन गरेको छ । केन्द्रले जिल्लाभरका ६७ भन्दा बढि कृषक, कृषि फर्म तथा कृषि समुहलाई सो रकम अनुदान प्रदान गर्ने भएको हो ।

साना सिँचाई कार्यक्रमका लागि भएको ३० लाख अनुदानका लागि १८ वटा कृषक समुह छनौट भएका छन । रैथाने बाली संरक्षण कार्यक्रममा ५ वटा कृषक समूहले ५ लाख, एकल फर्मका लागि खुल्ला जमिनमा प्राङगारिक उत्पादन कार्यक्रममा १४ वटा कृषि फर्मले ५ लाख, प्लाष्टिक घर विस्तार कार्यक्रममा ७ वटा कृषि फर्मले ५ लाख, सुन्तला झार्ने औँसा नियन्त्रण कार्यक्रममा ४ वटा समूहले ५ लाख अनुदान पाउने गरि कृषि फर्म तथा समूह छनौट गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै बाँझो जग्गामा व्यवसायिक खेति प्रोत्साहन कार्यक्रममा ११ वटा कृषक समूह छनौट भएका छन । सो कार्यक्रमका लागि ५ लाख अनुदान रहेको छ । बिउविजन आत्मनिर्भर कार्यक्रममा ४ वटा समुहलाई ३ लाख, अदुवा प्रर्वद्धन बिकास कार्यक्रममा ३ वटा समुहलाई ५ लाख, खुल्ला जमिनमा प्राङगारिक उत्पादनमा १ वटा समुहलाई ५ लाख अनुदान प्रदान गरिने कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार बाँझो जग्गा पोत्साहन कार्यक्रमका  लागि दुई सय रोपनी जग्गाका लागि प्रति रोपणी दुइ हजार पाँच सयका दरले ५ लाख अनुदान प्रदान गरिनेछ । कार्यक्रम संचालनका लागि सूचना आव्हान गरि प्राप्त भएका आवेदनबाट कृषि फर्म तथा समुहलाई छनौट गरिएको हो । छनौट भएका कृषि र्फम तथा समुह संग कार्यक्रम संचालनका लागि सम्भmौता गर्न सुरु गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

ज्ञान केन्द्रबाट चालु आर्थिक बर्षमा १ करोड २६ लाखको व्लक बिकास कार्यक्रम र ८७ लाख १४ हजारको मूख्य मन्त्री नमूना कृषि गाउँ कार्यक्रम जिल्लाका ६ वटै स्थानीय तहमा संचालन भईरहेका छन ।

You can share this post!

विपन्न विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

तातोपानी कुण्ड खुलेको एक सातामै छसय बिरामी आए

Related posts