जिम्मेवारी बाडफाँडका साथ प्रवासी एकता मञ्च जापान राष्ट्रिय कमिटीको चौथो बैठक सम्पन्न

नेपाल बाट रोजगारी सहित विभिन्न शिलशिलामा जापनमा गएका नेपालीहरुको नेकपा एमाले निकट भातृ संगठन प्रवासी एकता मञ्च जापन राष्ट्रिय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । कमिटीका अध्यक्ष सुरेश केशीको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमीती सदस्यहरु थप गर्नुका साथै सल्लाहकार, अनुशान कमिटी, संगठन बिभाग, प्रचार प्रसार बिभाग, आर्थिक बिभाग, महिला बिभाग, यूवा बिभाग, बिद्यार्थी बिभाग, साहित्य कला तथा सांस्कृति बिभाग, संघ संस्था समन्वय बिभाग, स्वाथ्य तथा सामाजिक परामर्श बिभाग, पर्यटन तथा प्रवद्र्धन बिभाग, अतिरिक्त कृयाकलाप बिभाग, श्रम तथा रोजगार बिभाग, लागानी प्रबर्दन तथा बाणिज्य बिभाग, शिक्षा तथा प्रविधि प्रवर्दन बिभाग, दैबिक प्रकोप तथा परोपकार बिभाग, कान्तो कमिटी, मियागी कमिटी, गुम्बा कमिटी गठन गरेको छ ।
बैठकले बुद्धिराज घिमिरे, बुद्धीराज लामा गोले, गोकुल खत्री, तुलसी पाठक, बलदेव के.सी, बिरोध चालिसे, मधुराम लामीछाने लाइ राष्ट्रिय कमिटिमा थप गरेको छ । त्यसैगरी सल्लाहकारहरुमा डा.राम गिरी, डा.अच्यूत सापकोटा, जिज्ञानकुमार थापा, लोकनाथ ओस्ती, केशर गिरी, कविकिरण न्यौपाने, टिकाराम घिमिरे, दीपेन्द्र अधिकारी, शिव गिरी, राजन पौडेल, केशव अधिकारी र देव घिमिरेलाइ बैठकले चयन गरेको छ ।
त्यसै गरी राम गिरीको संयोजकत्वमा जिज्ञानकुमार थापा र लोकनाथ ओस्ती रहेको अनुसाशन आयोग पनि बैठकले गठन गरेको छ । बैठकले संगठन विभाग प्रमुखमा कुलचन्द्र खरेल र स्वतन्त्र पौडेललाइ सचिव सदस्यहरुमा मोहन रायमाझी, मिलन घिमीरे, दिप पाठक लाइ नियुक्ती गरेको छ ।
प्रचार विभाग प्रमुखमा प्रकाश ढकाल, सचिवमा अर्जुन आचार्य सदस्यहरुमा विनोद कुमार सपकोटा, महेश खड्का रोशन पौडेललाइ बैठकले चयन गरीएको छ । त्यसैगरी आर्थिक विभाग प्रमुखमा मुत्तीराम खरेल, सचिवमा अर्जुन केसी सदस्यहरुमा लक्षमण आचार्य, अन्जान खनाल र यादव केसीलाइ चयन गरीएको छ । महिला बिभाग प्रमुखमा कृष्टिना घिमीरे सचिवमा दिपा घिमीरे सदस्यहरुमा सुमी रायमाझी बस्नेत, रिता ढकाल, कमला ढकाल र अन्जु थापा क्षेत्री लाइ बैठकले चयन गरेको छ ।
त्यसैगरी बैठक मार्फत नै युवा बिभाग प्रमुखमा बुद्धीराज घिमीरे सचिवमा शंकर रिमाल सदस्यहरुमा मनोज श्रेष्ठ, बासु पन्थ, रिभाष वोस्ती लाइ चयन गरीएको छ । विद्यार्थी विभाग प्रमुखमा दिपक घिमीरे सचिवमा सज्जन सिलवाल सदस्यहरुमा अर्जुन थापा, कमल पाण्डे, कमल न्यौपाने लाइ चयनगरीएको छ ।
बैठक मार्फत नै साहित्य कला सांस्कृति बिभाग प्रमुखमा अर्जुन अधिकारी सचिवमा टिकाराम कंडेल सदस्यहरुमा विष्णु प्रसाद सापकोटा, बलराम गिरी र मधुराम लामिछाने लाइ चयन गरीएको छ । संघ संस्था समन्वय बिभाग प्रमुखमा अर्जुन अधिकारी सचिवमा टिकाराम कंडेल सदस्यहरुमा गोबिन्द ढकाल, सृजना केसी र श्रीराम सुवेदीलाइ चयन गरीएको छ । पर्यटन तथा प्रवद्र्धन बिभाग प्रमुखमा हरी पौडेल सचिवमा राम कुमार थापा सदस्यहरुमा बलदेव केसी, निशान जिसी र राजन तिमिल्सीनालाइ चयन गरीएको छ ।
त्यसैगरी अतिक्त कृयाकलाप बिभाग प्रमुखमा महेन्द्र अधिकारी सचिवमा बिरोध चालिसे सदस्यहरुमा हरी गेलाल, संतोष शरण अधिकारी, सि.बि ठोकर चयन भएका छन् । श्रम तथा रोजगार बिभागको प्रमुखमा अनुजराज क्षत्री, सचिव संजयमान बस्नेत सदस्यहरु रबिन्द्र बस्नेत, रामबहादुर घिमीरे, दिनेश केसी लाइ चयन गरीएको छ । लगानी प्रबर्दन तथा बाणिज्य विभागको प्रमुखमा प्रहद सिंह महत, सचिव सुरेश घिमिरे सदस्यहरुमा राजस पौडेल, किसन बस्नेत र मित्रलाल गौतम चयन लाइ चयन गरीएको छ ।
शिक्षा तथा प्रविधि प्रबर्दन बिभाग प्रमुखमा तुल्सी पाठक, सचिव विजय उप्रेती सदस्यहरुमा सन्तोष अधिकारी, अशोक अतिवडा र हमिाल उप्रेती लाइ चयन गरीएको छ । त्यसैगरी दैविक प्रकोप तथा परोपकार विभाग प्रमुखमा कमल बानियाँ, सचिव बुद्धिराज लामा गोले र सदस्यहरुमा दिलिप थापा, महाशर्मा खरेल र द्धारीका भण्डारीलाइ बैठकले चयन गरेको छ ।
सोही बैठकले कान्तो कमिटीको अध्यक्षमा बुद्धिराज घिमीरे र सचिवमा राजेन्द्र पौडेललाइ चयन गरेको छ । त्यसैगरी मियागी कमिटीको अध्यक्षमा धनराज जो.सी र सचिवमा नरेश चम्लागाई लाइ चयन गरेको छ । सोही बैठकले गुम्बा कमिटीको पनि निमार्ण गरेको छ । गुम्बा कमिटीको अध्यक्षमा सागर भुषाल र सचिवमा राज कार्की सदस्यहरुमा रिता पोखरेल, दिपक राना मगर, उक्तम सेडाई, चोलाकान्त गौडेल, मोहन गिरी, दोर्जे तामाङ, श्याम थापा र यम बहादुर किसानलाइ चयन गरेको छ ।
कोरोना माहामारीका कारण जुम एप्स मार्फत सम्पन्न भएको बैठकले अप्रिल २५ तारीकमा टोकियोको सिनओकुबोकोमा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । कमिटीका अध्यक्ष सुरेश केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठको सञ्चालन कमिटीका सचिव डा. सरोज कंडेलले गर्नु भएको थियो भने बैठकमा सदस्यहरुले आ–आफ्नो राय प्रस्तुत गरेका थिए ।

You can share this post!

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी

जापानको मियागी केन अन्तर्गत सेन्दाई क्षेत्रिय कमिटि बिस्तार

Related posts