रुममा विद्यार्थी र शिक्षकलाई भित्ते पत्रिका लेखन तालिम प्रदान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२,रुमको बेलीमा शनिबार भित्ते पत्रिका लेखन तथा भाषण कला तालिम सम्पन्न भएको छ । ज्ञान विकास आधारभुत विद्यालयको आयोजनामा आयोजित तालिमको उद्घाटन गदैं वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बालबालिकाको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गराउन भित्रे पत्रिकाले ठूलो भूमिका खेल्ने भएकाले वडाभित्रका सबै विद्यालयमा भित्ते पत्रिकालाई नियमित गर्ने बताउनुभयो । वडा अध्यक्ष बुढाथोकीले आधारभुत तहदेखि नै विद्यार्थीलाई विभिन्न रचनात्मक क्रियाकलापमा सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा देउराली आधारभुत विद्यालयका प्रअ पोष्टबहादुर विक,तालिमको प्राविधिक सहयोगदाता विष्णु पुन मगरले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिमा अतिरिक्त क्रियाकलापको आवश्यकता पर्ने भएकाले भित्ते पत्रिकालाई समेत उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । तालिममा राष्ट्रिय माविका शिक्षक कृष्णबहादुर पुन, गोरक्ष आधारभुत विद्यालयका शिक्षक याम बहादुर बुढाथोकीका साथै विद्यार्थी र अभिभावकाको उपस्थिती रहेको थियो ।

तालिममा कसरी भित्ते पत्रिका तयार गर्ने, के–कस्ता विषय समावेश गर्ने, भित्ते पत्रिका प्रकाशनका फाइदा, भित्ते पत्रिकामा गरिने आर्कषक सजावट लगायतका विषयमा पत्रकारद्धय धुब्रसागर शर्मा र हरिकृष्ण गौतमले प्रशिक्षण दिनुभएको थियो ।

भित्रे पत्रिकामा विद्याथी र शिक्षकको लेख ,रचना, कविता ,कथा, गजल ,निबन्ध, जिवनी, कार्टुन, समसामयिक ज्ञान, चित्र साथै मासिक हाजिरीजवाफका लागि प्रश्नहरु समेत समावेश गरिने छ । यसैबीच आगामी ६ महिनाभित्र मालिका–२ का सबै विद्यालयमा तालिम सञ्चालन गरी भित्ते पत्रिका प्रर्दशनी मेलाको समेत आयोजना गर्ने प्रतिबद्धता जनाइएको छ ।

सोही अवसरमा पत्रकार हरिकृष्ण गौतमले आमा समुह, यूवा क्लव सहित उपस्थिति सहभागीलाई भाषणकला सम्बन्धि तालिम समेत प्रदान गर्नुभएको थियो । ज्ञान विकासका अध्यक्ष गंगाबहादुर पुनको अध्यक्षता, प्रअ सन्तोष पुनको स्वागत र देउराली आधारभुत विद्यालयका शिक्षक तुलबहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भित्रेपत्रिकाले विद्यार्थीलाई रचनात्मक बनाउन सघाउने भएकाले बार्षिक रुपमा ३ पटक सञ्चालन गरिने आयोजकले जनाएको छ ।

You can share this post!

गुर्जामा भलिबल प्रशिक्षण, खेलप्रति युवाहरुको रुचि बढ्दो छः प्रशिक्षक किसान

सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पशुपति शाही चयन

Related posts