वडामै पुगेर योजना सम्झौता गर्दै धवलागिरि गाउँपालिका

( भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता सुरु गरेको छ । गाउँपालिकाका कर्मचारीहरू वडामै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिका पदाधीकारीहरूलाई कार्यालयमा जाने समयको बचत र झन्झट हटेको छ ।
सहज र सरल हिसाबले नागरिकलाई सेवा उपलब्ध गराउन वडामै पुगेर योजना सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताए ।
उनका अनुसार वडा नं.( ६ मराङ र वडा नं.( ५ मल्कवाङका १९ वटा योजनाका उपभोक्ता समितिसँगै बिहीबार मराङमा घुम्ति शिविर संचालन गरेर योजना सम्झौता गरिएको छ । ‘गुर्जाका तीनवटा योजनाका उपभोक्ता समितिले कार्यालयमै आएर सम्झौता गरिसके’, उनले भने, ‘छिट्टै ताकम र मुदीमा पनि गएर योजना सम्झौता गर्ने तयारीमा छौँ ।’
प्रमुख प्रशासकीय अधिकृत पौडेल, लेखा अधिकृत कृष्णप्रसाद खराल, इञ्जिनियर सोविन जीसी, नायव सुब्बा रमेश पौडेलको टोली मराङ पुगेको थियो । वडा अध्यक्ष खर्ककुमारी छन्त्याल, राजाराम सुवेदी, सचिव वेदनाथ सुवेदीले शिविर संचालनमा सहजीकरण गरेका थिए । १८ वटा उपभोक्ता समितिलाई पेस्कीसमेत उपलब्ध गराइएको थियो ।
मराङ र मल्कवाङका बासिन्दा मुनास्थित गाउँपालिका कार्यालय पुग्न मालिका गाउँपालिकाको बिम, दरवाङ, धारापानी, ताकम हुँदै गाडीमा करिब चार घण्टा घुमाउरो बाटो हिँड्नुपर्छ । पैदल हिँड्दा पूरै दिन लाग्छ ।
वडामै सम्झौता गर्ने सुविधा भएपछि गाउँपालिका जान(आउन हुने खर्च र समयको बचत र झन्झट हटेको प्रगति युवा क्लबको भवन निर्माण समितिका अध्यक्ष चक्रबहादुर पुनले बताए ।
‘गाउँपालिका पुगेर केही कागज नमिलेपछि फेरि फर्किर वडामै आउनुपथ्र्यो’, उनले भने, ‘कर्मचारीहरूले गाउँमै आएर सेवा दिँदा घरआँगनमै सरकार भेटेको अनुभव भयो ।’ मराङका वडा अध्यक्ष राजाराम शर्माले ११ वटामध्ये नौवटा योजनाको सम्झौता भइसकेको बताए ।
उपभोक्ता समिति गठन र प्राविधिक सर्वेक्षणको काम धमाधम भइरहेको छ । ठेक्कामार्फत कार्यान्वयन हुने आयोजनाहरू पनि कार्यान्वयनको चरणमा पुगेका छन् । बर्खा सुुरु नहुँदै काम सकेर आर्थिक वर्षको अन्तिममा हतारहतारमा लटरपटर काम गरेर बजेट सक्ने प्रवृत्ति रोक्न धवलागिरिका जनप्रतिनिधि र कर्मचारीले पहल थालेका छन् ।
तस्बिर र समाचार पालिका खबरबाट

You can share this post!

मुस्ताङले लकडाउन नखोले आवतजावतमा रोक लगाउने म्याग्दीका पर्यटन व्यवसायीको चेतावनी

बलियो देखिए गुरुङ, गण्डकी प्रदेश सरकार यथावत रहने

Related posts