जापानको मियागी केन अन्तर्गत सेन्दाई क्षेत्रिय कमिटि बिस्तार

नेपाल बाट रोजगारी सहित विभिन्न शिलशिलामा जापनमा गएका नेपालीहरुको नेकपा एमाले निकट भातृ संगठन प्रवासी एकता मञ्च जापनकोे मियागी केन अन्तर्गत सेन्दाई क्षेत्रिय कमिटि बिस्तार भएको छ ।

आईतबार भएको एक भेलाले धनराज जोशी अध्यक्ष र नरेश चाम्लागाई सचिब रहेको १३ सदस्यीय कमिटि गठन गरेको हो । मञ्चका राष्टिय कमिटि सदस्य कमल बानिया र बिजय उप्रेतीको बिशेष उपस्थितीमा कमिटि बिस्तार गरिएको हो । कमिटिको सदस्यहरुमा क्रमश नारायण रिमाल, राजेन्द्र चौधरी, तेजु शर्मा, मेख पुन मगर, महेन्द्र चौहान, सुमन मगर र योगेश कुमार खवास रहनु भएको छ ।

कमिटिको पहिलो बैठकले ४ जना पछि मनोनित गर्ने जनाएको छ । मञ्चले पहिलो पटक मियागी केनमा सङ्गठन बिस्तार गरेको हो ।

You can share this post!

जिम्मेवारी बाडफाँडका साथ प्रवासी एकता मञ्च जापान राष्ट्रिय कमिटीको चौथो बैठक सम्पन्न

रूम बेलीका ३३ बर्षीय खबहादुरकाे उपचारका लागी परिवारबाट सहयाेगकाे अपिल

Related posts