गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी

गण्डकी प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी थालिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हटाउन जनमोर्चा तयार भए सँगै, आजै अविश्वास प्रस्ताव दर्ता गरि कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी थालिएको हो ।
कांग्रेस सहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले एमाले बाहेकको सरकार बनाउने तयारी गरीरहेको नेपाली कांग्रेसले जनाएको छ ।
निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा सरकालाई दिएको समर्थन फिर्ता लिएर अविश्वास प्रस्तावको पक्षमा लागेपछि योसँगै गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्ने निश्चितप्राय देखिन्छ । गुरुङ एमालेमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीनिकट मानिन्छन् ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेससँग १५ सांसद छन् । कांग्रेसले ल्याएको अविश्वास प्रस्तावमा अरु तीन दलले समर्थन गरे त्यो पारित हुन्छ । अविश्वास प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । गण्डकी प्रदेशसभामा २७ सांसद एमालेका छन् । मनाङबाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) पनि मुख्यमन्त्री गुरूङकै पक्षमा छन् । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद एकै ठाउँमा उभिँदा ३२ मत हुन्छ ।

You can share this post!

चर्चा बटुल्दै केसीको गित सिम फाँट

जिम्मेवारी बाडफाँडका साथ प्रवासी एकता मञ्च जापान राष्ट्रिय कमिटीको चौथो बैठक सम्पन्न

Related posts