बेनीका व्यवसायी श्रेष्ठद्वारा जन्मदिनमा आर्थिक सहयोग प्रदान

म्याग्दी । बेनीको युवा व्यवसायी सुविन श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसरमा विरामी, बालगृहका बालबालिका तथा विपन्न विद्यार्थीलाई गरि २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका धर्मनारायण इन्टरप्राईजेज तथा सविन भाडा पसलका संचालक श्रेष्ठले वैशाख १३ गते हिजो परेको जन्मोत्सवको अवसरमा फोक्सोमा क्यान्सर देखिएर उपचार गराईरहनुभएकी रघुगंगा गाउपालिका–१ बेगखोला ,हाल बेनी नगरपालिका–८ शिक्षा मार्गमा बसोबास गर्नुहुने दुध कुमारी शेरपुन्जा (दुर्गा मगर) को उपचारका लागि १० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

त्यस्तै घाटिको खाने नलिमा क्यान्सर भई पोखरा जिएमसी हस्पिटलमा उपचार गराईरहनु भएकी बेनी नगरपालिका ६ जमुनाखर्क निवासी देवी कुमारी शाही लाई स्वास्थ्य लाभको कामना सहित उपचारका लागि ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले बेनी सामुदायिक मा.वि. कक्षा १ मा अध्ययनरत बे.न.पा. वडा नं–९ का असाय बालक निमेश खड्का को अध्ययन मा सहयोग पुगोस भनी ५ हजार रुपैयाँ र नेपाल बाल संगठन अन्तरगत म्याग्दी बालगृहमा रहेका बाल बालिकाहरुका लागि ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

आफ्ना हरेक जन्मोत्सवमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका श्रेष्ठले अनावश्यक रुपमा खर्च गरेर जन्मदिन मनाउने प्रचलनलाई हटाएर मानवीय सेवामा खर्च गर्ने प्रेरणादायी कार्य गर्नुभएको छ ।

‘मेरा हरेक जन्मोत्सव दुख, अभाव तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गरेर मनाउने प्रण गरेको छु’, श्रेष्ठले भन्नुभयो । यो बर्षको जन्मदिनमा पनि आर्थिक समस्यामा परेका विरामी तथा विपन्न विद्यार्थीहरुलाई सहयोग प्रदान गरेर जन्मदिन मनाएको उहाँले बताउनुभयो ।

विभिन्न सामाजिक संघ संस्थामा आवद्ध युवा व्यवसायी श्रेष्ठले अन्य विभिन्न समयमा पनि दुख र अभावमा परेकाहरुलाई सहयोग प्रदान गर्दै सामाजिक तथा मानवीय सेवामा निरन्तर क्रियाशिल हुनुहुन्छ ।

You can share this post!

दरवाङमा संचालित स्तन तथा पाठेघर सम्वन्धी शिविरमा ३६२ जनाले सेवा लिए

धौलागिरि अधिकृत विक्रेता संघको अध्यक्षमा राजन श्रेष्ठ

Related posts