पाैडेलले गरे जन्मदिनको अवसरमा बेनी अस्पतालका स्वास्थ्यकर्मीलाइ सहयाेग

जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन्। कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ। कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन्। जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ। तर, पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ ।
यसैक्रममा कतारमा रहेका एक म्याग्देलीले आफ्नो जन्मदिनको अवसरमा कोरोेना भाइरस बिरुद्धको अभियानमा खटिएका बेनी अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकले प्रयोग गर्ने गरी २५ हजार बराबरको ७ प्याकेट मेडिकल पञ्जा र ६० लिटर सेनिटाइजर सहयोग गरेका छन् ।
मोना कतारका निर्वतमान अध्यक्ष एवम् विभिन्न संघसंस्थामा कार्यरत तिलु शर्मा पौडेलले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उक्त सहयोग बेनीअनलाइन प्रालिको संयोजनमा पत्रकार राकेश शर्माले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका थिए ।


जन्मदिनको नाममा अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा पनि आर्थिक रुपमा विपन्न, असहाय तथा समस्यामा परेका व्यक्तिहरुको उत्थानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको शर्माले बताए ।‘सामाजिक कार्यमा सधैजसो जोडिने गरेको छ तरपनि जन्मदिनमा हरेक बर्ष सहयोग गर्न मन लाग्छ’ शर्माले भने ।
आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोगका हातहरु फैलाउने र समस्यामा परेकालाई निरन्तर सहयोग गर्ने उनले बताए । सोही अवसरमा अध्यक्ष कटुवालले कोरोनाको जोखिमलाई मध्यनजर गरी अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य साम्रागी सहयोग गर्न अनुरोध गरेका छन् । उनले अस्पतालले नगद सहयोग नलिने तर, साम्रागी खरिदमा सहयोगदातालाई सघाउने समेत बताए ।

You can share this post!

विरामी अस्पतालमा पु¥याएर फर्किदै गरेको मंगला गाउँपालिकाको गाडि तोडफोड

नेपाली कांग्रेस म्याग्दीद्धारा एम्बुलेन्स र ‘फुड बैंक’ स्थापना

Related posts