म्याग्दी । नेकमा एमालेको आज देखि चितवनमा सुरु भएको दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमाले म्याग्दीको तर्फबाट करिव २ हजार जना सहभागी रहेको बिशाल जुलुस निकालिएको छ ।
एमाले म्याग्दीको तर्फबाट बाजा गाजा र नारा सहितको बिशाल ¥याली कार्यक्रम स्थलमा प्रवेश गरेको हो । दर्शौ महाधिवेशनलाई सफल बनाउनका लागि नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापा, थममाया थापा, संबिधान सभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुन लगाएत पार्टी जिल्ला कमिटिका नेताहरु, पालिका कमिटि, वडा कमिटि, राष्ट्रिय युवा संघ, अनेरास्ववियु लगाएत जनबर्गीय संगठनका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएको छ ।
त्यस्तै काठमाडौ, पोखरा, चितवन, लगाएत देशका बिभिन्न ठाउँमा रहेको म्याग्देलीहरुको पनि ¥यालीमा सहभागीता रहेको एमाले म्याग्दीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबिच दशौँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीबाट ५ जना नेताहरु केन्द्रिय सदस्यका लागि आकांक्षी देखिनुभएको छ । प्रतिनिधि सभा सदस्य, भुपेन्द्र थापा, थममाया थापा, संबिधान सभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुन र पार्टी जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ केन्द्रिय सदस्यका लागि आकांक्षी देखिनुभएको एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसीले बताउनुभयो ।