मंगला शिक्षा क्याम्पसमा ,क्याम्पस सम्मेलन सम्पन्न

म्याग्दी । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले मंगला शिक्षा क्याम्पस बावियाचौरमा मुल कमिटि गठन गरेको छ । सोमबार अनेरास्ववियु मंगला क्याम्पसको प्रथम क्याम्पस सम्मेलनबाट सन्तोष किसानको अध्यक्षतामा ४१ सदस्यीय मुल कमिटि गठन भएको हो ।

कमिटिको उपाध्यक्षमा पवित्रा बुढाथोकी मगर, सचिवमा बर्षा तारामी मगर, उपसचिवमा सुजता थापा मगर र कोषाध्यक्षमा सुस्मिता घर्ति मगर चयन हुनुभएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला ईन्चार्ज सुवास बिश्वकर्माले राष्ट्र, राष्ट्रियताको सवालमा होस वा बिकृति र विसङगतिको बिरुद्धमा अनेरास्ववियुले सधै नेतृत्वदायी भूमिका निभाउने बताउनुभयो ।

देशमा रहको शिक्षा प्रणालीमा परिर्वतन आउनु पर्छ भन्दै बिश्वकर्माले ब्यबहारिक र प्राविधिक शिक्षाले देशमा आमुल परिवर्तन गर्न सकिने बिचार ब्यक्त गर्नुभयो । शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले सरकारले आफ्नो नागरिकहरुलाई निशुल्क उपलब्ध गराउनुपर्ने कर्तब्यबोध अनेरास्ववियुले गराउने बताउनुभयो ।

त्यस्तै मंगला शिक्षा क्याम्पसकै कक्षा ११ र १२ मा पनि ६१ सदस्यीय संयुक्त कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा राजन बिश्वकर्मा, उपाध्यक्षमा सुनिल बिश्वकर्मा, सचिवमा निशा राम्जाली, सहसचिवमा प्रमिला बुढाथोकी, निर्मला खड्का, कोषाध्यक्ष दिवान सुनार र सहकोषाध्यक्षमा रेश्ना शेरपुन्जा चयन हुनुभएको अनेरास्ववियु म्याग्दीका संयोजक दर्पण रोकाले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेरास्ववियु म्याग्दीका सहसंयोजक मिलन खत्री, प्रचार बिभाग प्रमुख समिर रोका, सचिवालय सदस्य  सिजन रोका, खुम किसान लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम मंगला शिक्षा क्याम्पस कमिटि अध्यक्ष दिपेन श्रीषको अध्यक्षता, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला ईन्चार्ज विश्वकर्माको प्रमुख आतिथ्यता, र सचिव कोपीला फगामीको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

नेकपा एमाले मङ्गलाको टोल कमिटी निर्माण सुरु!

मोना युकेको अध्यक्षमा कुमार फगामी निर्वाचित

Related posts