बाग्लुङ्गको तितौरेमा भलिबल प्रशिक्षण सुरुः प्रशिक्षकमा तेजेन्द्र बानीयाँ

म्याग्दी, १२ असोज । बाग्लुङ्ग नगरपालिका ७ तितौरेमा सोमबार देखि १ महिने भलिबल प्रशिक्षण सुरु भएको छ ।
तितौरे भलिबल केन्द्रको आयोजनामा संचालन गरिएको प्रशिक्षणमा मुख्य प्रशिक्षको रुपमा गण्डकी प्रदेशका भोलिन्टिएर भलिबल प्रशिक्षक एबं म्याग्दी जिल्लाका भलिबल प्रशिक्षक तेजेन्द्र बानीयाँ रहनुभएको छ ।

प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले बाग्लुङ भलिबल खेलको उर्वरभूमि भएकाले खेलाडिको क्षमता बिकासका लागि तालिम तथा प्रशिक्षण आबश्यक रहको बताउनुभयो ।

खेल र खेलाडि देशकै पहिचान भएकाले खेल क्षेत्रको बिकासका लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउन आबश्यक रहेको भन्दै सापकोटाले आफ्नो तर्फबाट आबश्यक पहल र सहयोग सधैँ रहिरहने बताउनुभयो । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष खगराज पाण्डेको पनि उपस्थिति रहको थियो ।

१ महिना सम्म चल्ने प्रशिक्षणमा शारीरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु, फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ्क, स्पाइकर, ग्रीप, जस्ता अभ्यास गराइने प्रशिक्षक बानीयाँले जानकारी दिनुभयो ।

प्रशिक्षणले खेलाडिहरुलाई कुलत र गलत बाटोमा हिड्नबाट जोगाउन मद्दत पुग्ने भन्दै प्रशिक्षक बानीयाँले व्यवसायीक खेलाडि उत्पादन गर्न प्रशिक्षणको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

खेलाडिको अनुशासन र सिप र कलामा थप निखारता ल्याउने प्रशिक्षणको मुख्य उद्देश्य रहको तितौरे भलिबल केन्द्रका संयोजक रामकृष्ण कार्कीले बताउनुभयो ।

१२ देखि २५ बर्ष उमेरका ४० जना युवाहरु सहभागी प्रशिक्षण बिहान र साँझ २÷२ घण्टाका दरले संचालन गरिएको प्रशिक्षक बानीयाँको भनाई छ ।

You can share this post!

मोना जापान द्वारा आर्थिक सहयोग

म्याग्दीको पिप्लेमा वाईसीएलको वडा कमिटी गठन

Related posts