पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव आयोजना हुने

म्याग्दी । माघेसंक्रान्ती पर्वको अवसारमा आगामी पुष २८ देखि म्याग्दीमा सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुष २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ संचालन हुने भएको हो ।

विहिबार संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सवबारे जानकारी गराउनुभएको हो । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, एकल लोक गीत प्रतियोगिता (गण्डकी लोक आईडल), भलिबल तथा बास्केटबल प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगिता, रत्यौलि प्रतियोगिता, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने महोत्सव मूल समितिले जानकारी दिएको छ ।

महोत्सवमा हेली शयर, कालीगण्डकी नदीमा ¥याफ्टिंङ, बालउद्यान, मिनि चिडियाघर, स्थानीय उत्पादनको प्रर्दशनी लगायतको कार्यक्रम हुने छन् । महोत्सव सफल बनाउन ३९ वटा उपसमिति मार्फत तयारीलाई सुरु गरिएको बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवलाई सफल बनाउन संघ, जिल्ला समन्वय समिति, ६ वटा स्थानीय तह लगायतको सहकार्य रहने छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा २५८ वटा व्यवसायिक स्टल राखिने भएको छ ।

स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि संघले महोत्सव लगाउदै आएको छ । पत्रकार सम्मेलनमा संघका कार्यसमिति, पुर्व अध्यक्षहरु र पत्रकारको उपस्थिति रहेको थियो ।

You can share this post!

२० औँ जेसिज कपः शारदा मावि र बेनी सामुदायिक सेमि फाइनलमा प्रवेश

शारदा मावि छिस्वाङ बन्यो २० औँ जेसिजकपको च्याम्पियन

Related posts