गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई माओवादी केन्द्र, राप्रपा र नेकपा एसमा प्रवेश गरेका स्वतन्त्र सांसद दिपक मनाङेले समेत समर्थन जनाएका छन् ।

अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

त्यस्तै मुख्यमन्त्री अधिकारीले पहिलो चरणमा सत्तामा सहभागी दलमध्येबाट तीनजना मन्त्री चयन गर्नुभएको छ। उहाँहरुले सोमबारै सपथग्रहण गर्नुभएको छ ।

नवगठित मन्त्रिपरिषदमा एमालेबाट स्याङ्जाकी सीता सुन्दास, माओवादी केन्द्रबाट तनहुका हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री नियुक्त हुनुभएको छ । उहाँहरुको मन्त्रालय भने तोकिएको छैन ।

You can share this post!

बेनी खानोपानीको २३ औँ साधारणसभाः २० हजार जनसंख्या लाभान्वित

धवलागिरीको १८ औँ गाउँसभाबाट थप बजेट पारित

Related posts