बेनी खानोपानीको २३ औँ साधारणसभाः २० हजार जनसंख्या लाभान्वित

म्याग्दी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औँ वार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ । आईतवार नेपाल भाषा मंकाखलको सभाहलमा आयोजित साधारणसभाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो ।

साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिकाकाका प्रमुख केसीले बेनी बजारबासीहरुलाई शुद्ध एवं स्वच्छ खानेपानीका उपलब्ध गराउनका लागि संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले आयोजनामार्फत चौँविसै घण्टा खानेपानी वितरणको वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नगरबासीलाई स्वस्छ र शुद्ध खानेपानीका लागी वडास्तरमा समेत आवश्यक योजनाहरुलाई प्राथमिकता दिएको जानकारी गराउँदै नगर प्रमुख केसीले बजारबासीलाई नियमित खानेपानी वितरणको क्रममा हुने समस्यालाई हटाउँदै जानुपर्ने बताउनुभयो ।

साधारणसभाको अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका बोल्ने अन्य बक्ताले समुदायको सक्रियतामा सञ्चालित योजनाहरुको प्रभावकारीकताको एउटा नमुना संस्था बन्न सफल भएकाले बर्खाको समयमाहुने अवरुद्धलाई हटाउन सकेमा बजारबासीलाई सहज हुने विचार व्यक्त गरेका थिए ।

संस्थाले नगर विकास कोषलाई १ करोड २२ लाख १८ हजार ९३० भुक्तानी गर्नुपर्नेमा गत आवमा १६ लाख ६९ हजार २६८ रुपैयाँ भुक्तानी गरी १ करोड ५ लाख ४९ हजार ६६१ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको रहेको सचिव राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २० हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ ।

ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महसुस गरी बि.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरू गरिएको खानेपानी संस्थामार्फत बेनीबजार र गलेश्वर क्षेत्रका ११ सय ४ घरधुरीमा धारा जडान गरिएको छ ।

बि.स २०६३ सालमा ४ करोड ९३ लाख, २०७३ सालमा ६ करोड १५ लाख गरी कुल ११ करोड ५ लाखको लागतमा सञ्चालित आयोजनाले गत आवमा ६२ करोड २६ लाख ६८ हजार खानेपानी आपूर्ती भएकोमा ३५ करोड ६८ लाख ५१ हजार लिटर पानी बिक्री गरी २ करोड ९९ ला ९५ हजार ४०१ आम्दानी गरेकोमा सञ्चालन सहित अन्य खर्च कटाएर ७ लाख २७ हजार १६० आम्दानी गरेको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।

मुहानदेखि मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराउन प्रति सेकेन्ड २० लिटर क्षमताको पानी भण्डारण र शुद्धिकरण गर्ने सेडिमेन्टेसन टंकी र स्लो स्याण्ड फिल्टर टंकीको निर्माण भइरहेको संस्थाका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । कार्यक्रम संस्थाको अध्यक्ष रेग्मीको अध्यक्षता, उपाध्यक्ष रमेश गिरीको स्वागत र सचिव राजेन्द्र श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

 

You can share this post!

सातौँ म्याग्दी महोत्सवः पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी तिव्र

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त

Related posts