क्षत्री दिवसको अवसरमा कपडा सहयोग

म्याग्दी । क्षत्री समाज म्याग्दीले क्षत्री दिवस मनाएको छ । सोमवार क्षत्री समाजको हलमा कार्यक्रमको आयोजना गरि कपडा बैकमा कपडा सहयोग गर्दै दिवस मनाएको हो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ र ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठलाई क्षत्री समाजका केन्द्रीय सदस्य अमृतदेवी बानियाँ र जिल्ला अध्यक्ष लक्ष्मी कुमारी केसीले कपडा प्रदान गर्नुभएको थियो ।

बेनी नगरपालिका वडा नम्वर ६ र ७ ले गरिव तथा विपन्नहरुका लाई निशुल्क रुपमा प्रदान गर्ने गरि स्थापना गरेको कपडा बैंकलाई पाइन्ट, सर्ट, खास्तो, कुर्ता लगायतका कपडाहरु सहयोग प्रदान गरिएको समाजका अध्यक्ष केसीले बताउनुभयो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि समेत रहनुभएका क्षत्री समाज नेपालका केन्द्रीय सदस्य बानियाँले सम्पूण क्षत्रीहरु एक भएर आफ्नो समुदाय र संस्कृतिको उत्थानमा लाग्नुपर्ने बताउनुभयो ।

बेनपा ६ का वडा अध्यक्ष बानियाँले गरिव तथा विपन्न परिवारका लागि कपडा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कपडा बैंकमा कपडा सहयोग गरेकोमा समाजलाई आभार प्रकट गर्दै सामाजिक कार्यमा सधै अग्रसर हुन अनुरोध गर्नुभयो ।

बेनपा ७ का अध्यक्ष श्रेष्ठले वडाका विपन्न नागरिकहरुलाई ३ सिजनमा बितरण गर्ने गरि कपडा संकलन गरिरहको बताउनुभयो । हुनेले दिऔँ, नहुनेले लैजाऔँ, भन्ने नाराका साथ चाडपर्व, जाडो गर्मी तथा विपतको समयमा गरिव तथा विपन्न परिवारलाई निशुल्क प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।

समाजको तर्फबाट नयाँ खास्तो लगायतका कपडा र समाजका पदाधिकारी तथा सदस्यहरुबाट संकलन भएको कपडाहरु कपडा बैंकलाई सहयोग गरिएको समाजले जनाएको छ । कार्यक्रमका विजयादशमी तथा शुभदीपावलिको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष केसीको अध्यक्षता, सदस्य लक्ष्मी भण्डारी कार्कीको स्वागत र सचिव हिम बहादुर भण्डारीको संचालनमा सम्पन्न भएको थियो । क्षत्री समाजले प्रत्यक बर्ष दसैँको घटस्थापनाका दिन क्षत्री दिवस मनाउदै आएको छ ।

You can share this post!

सुरु भयो बडादसैं, आज जमरा राखिंदै

२० औँ संस्करणको जेसिज कप आगामी मंसिर २१ गतेदेखि हुने

Related posts