संरक्षक म्याग्दीद्धारा ६५ जना बाढीपहिरो प्रभावितलाई राहत वितरण

संरक्षक म्याग्दीले जिल्लाका ६५ जना बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । हालै आएको बाढीपहिरोबाट प्रभावितलाई संस्थाको सिफारिसमा विपद् व्यवस्थापन केन्द्र काठमाडौंको सहयोगमा उनीहरुलाई राहत वितरण गरिएको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको विभिन्न वडाका १६ जना बाढीपहिरो प्रभावित तथा पीडित र बेनी नगरपालिकाको विभिन्न वडाका ४९ जना पीडितहरुलाई राहत वितरण गरिएको संरक्षक म्याग्दीले जनाएको छ । उनीहरुलाई दाल, चामल, तेल, चिनी, चियापत्ती, नुन, आटालगायत खाद्यान्न सामग्री राहतस्वरुप वितरण गरिएको थियो ।
यसैगरी बाढीपहिरो पीडितलाई ओढ्ने र ओछ्याउनका लागि सिरक, म्याटे«स र सिरानी तथा खाना पकाउने भाँडा कराई, डेप्ची, थाल र डाडुपन्यु वितरण गरिएको संरक्षक म्याग्दीको अध्यक्ष निशा महत जिसीले जानकारी दिनुभयो । संस्थाले १ सय २५ जना पीडितलाई सिफारिस गरेकोमा विपद् व्यवस्थापन केन्द्रले ५२ जनालाई पठाएको राहत बाँडेर ६५ जनालाई वितरण गरिएको जनाइएको छ ।

You can share this post!

महालक्ष्मीको एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम

बालजागृतिमा स्व. भक्त कार्कीको सम्झनामा श्रद्धाञ्जली–सभा, समाजबाट अपराजन्य प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा वक्ताको जोड

Related posts