गंगा जिसी फाउण्डेशनद्धारा निशुल्क एम्बुलेन्स् सेवा

कोरोना माहामारीका कारण अस्पताल पुग्न समस्यामा परेका विरामीहरुको सेवाको लागि म्याग्दीमा गठीत गंगा जिसी फाउण्डेशनले निशुल्क एम्बुलेन्स् सेवा उपलब्ध गराउने भएको छ । निलगिरी यातायात प्राली द्धारा सञ्चालीत (टाटा उइन्गर) भ्यानलाइ अस्थायी एमबुलेनस् निमार्ण गरी विारमीको उद्धारका लागी एम्बुलेनस् सेवा उपलब्ध गराईएको गंगा जिसी फाउन्डेशनका अध्यक्ष नारायण जिसीले बताउनु भयो ।


फाउण्डेशनले जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वाथ्य कार्यालयमा अनुमती लिएर निशुल्क अस्थायी एमबुलेनस् सेवा सञ्चालन गरेको हो । आईतबार बेनी अस्पतालमा अनौपचारीक रुपमा एक कार्यक्रमको आयोजना गरी चालक सहित अस्थायी एमबुलेनस् निशुल्क रुपमा प्रयोग गर्ने गरी बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ सुवास पौडेलको रोहवरमा अस्थायी एम्बुलेनस् काे चावी जिल्ला स्वाथ कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाइ हस्तातरण गरीएको फाउण्डेशनका सदस्य दिनेश केसीले बताउनु भयो ।


त्यसैगरी स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले फाउण्डेसनद्धारा सञ्चालित एम्बुलेशनका चालकका लागि आवश्यक पर्ने पिपिई लगाएतका स्वाथ्य सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।
एमबुलेशन सेवा बाहेक फाउण्डेशनमा मार्फत बेनी नगरपालिका र सबै गाउँपालिकामा स्वयंम्सेवकहरु सहित ५ वटा निजी सवारी साधन पनि आवश्यक परेका बेलामा उपलब्ध गराउनेगरी परिचालन गरेको अध्यक्ष जिसीले बताउनु भयो । उहाँले दुखि गरीव वर्गका मानिसहरुका निम्ती यो सेवा उपलब्ध गराएको भन्दै आवश्यक परेमा थप अन्य सेवाहरु पनि फाउण्डेशन मार्फत सञ्चालन गरीने बताउनु भयो ।

You can share this post!

सहकारीकर्मीेद्धारा प्रशासनमा ज्ञापन पत्र

एसईई र कक्षा १२ को परीक्षा स्थगित

Related posts