सहकारीकर्मीेद्धारा प्रशासनमा ज्ञापन पत्र

बैंकहरु निश्चित मापडण्ड पालना गरी सञ्चालन गर्ने तर सहकारी बन्द गर्दा जनताको सहाकारी प्रती विश्वाशनियता एवम् भारोसा गुम्ने भन्दै सहकारीकर्मीहरुले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापन पत्र बुझाएका छन् ।
म्याग्दी जिल्लमा कोरोना भाइरस संक्रमण रोक थाम गर्न निमार्ण भएको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले गरेको निर्णय प्रति सहकारीकर्मीहरुले ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका हुन् । ठुला ठुला व्यापारीहरुले करोडौंको कारोवार गर्ने बैंक निश्चित मापडण्ड पालना गरी सञ्चालन गर्ने तर गरीब किसानहरुले बचत गर्ने गरेको सहकारी भने बन्द गर्ने निर्णयले गरीब किसान जनताहरु थप मर्कामा पर्न गएको भन्दै सहकारीकर्मीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।


जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की दिपक विखर्चीको नेतृत्वमा गएको एक टोलिले प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीलाई ज्ञापन पत्र बुझाँउदै सहकारीको छाता संगठनको राय नै नबुझी जारी गरिएको आदेश प्रती जिल्ला सहकारी संघ लि. म्याग्दीको गम्भिर ध्यानाकर्षण भएको र नगरपालिका भित्र रहेका अधिकांश जनताहरु सहकारीमा आवद्द भई सहकारी मार्फत कारोबार गर्दै आइरहेकोले सहकारी संस्था बन्द गर्दा सहकारीमा आवद्द सदस्यहरुको दैनिक आवश्यकता पुरा गर्नको लागी अती आवश्यक पर्ने आर्थिक कारोबार ठप्प हुन गै जनताहरु थप समस्यामा पर्ने, साथै सहकारी प्रतिको विश्वाशनियता एवम् भारोसा गुम्ने हुँदा उक्त बुँदाको बारेमा पुनमुल्यांकन गरी सहकारीहरुलाइ समेत वित्तिय संस्थाहरु सरह कारोबार गर्ने वातावरण मिलाईदीन भन्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी अधिकारीले पुन बैठकमा यसको बारेमा छलफल गरीने बताउनुभयो । उहाँले तत्कालका लागी जारीभएको निषेद आदेशको पालना गर्नुको विकल्प नरहेको भन्दै साह्रै अप्ठ्याराे अवस्था आएमा प्रशासन सँग समवन्य गरी मापडण्ड पालना गरी सहकारी सञ्चालन गर्नुपर्ने उहाँले बताउनु भयो ।

You can share this post!

आएन प्रयोगमा लाखौं खर्चेर घाटमाथी बनेको हेलिप्याड सरकारी रकम बालुवामा पानी बराबर

गंगा जिसी फाउण्डेशनद्धारा निशुल्क एम्बुलेन्स् सेवा

Related posts