भुरुङमा माओवादीलाई धक्काः वडा अध्यक्षका उम्मेदवार सहित सयौँ एमालेमा प्रवेश

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार चयन हुनुभएका ओम प्रसाद फगामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । फगामी सहित माओवादीको  वडा नम्वर २ का सम्पूर्ण उम्मेदवारहरु  एमालेमा प्रवेश गर्नुभएको हो ।

नेकपा एमाले अन्नपुर्ण पालिका कमिटीद्वारा पोखरेवगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका जिल्ला कमिटी सदस्य एवम् पालिका कमिटी अध्यक्ष समेत रहनुभएका फगामी एमालेमा प्रवेश गर्नुभएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।

फगामी सहित पार्टी प्रवेश गरेका माओवादीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज भुपेन्द्र थापा, जिल्ला कमिटी अध्यक्ष देबेन्द्र कटुवाल लगायतले खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो ।

फगामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ । फगामी संगै पालिका कमिटीका बहुसंख्यक सदस्यहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

त्यस्तै वडा कमिटी अध्यक्ष रेशम पुन, उपाध्यक्ष आशिष श्रीपाली, सचिव चन्द्र फगामी, सहसचिव नवराज सुनार, कोषाध्यक्ष गीताधर थापा लगायत वडा कमिटीका सम्पूर्ण सदस्यहरुमा पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

नेपाली काँग्रेस भुरुङका वडा समितिका उपसभापति तुल बहादुर पूर्जा पनि एमालेमा प्रवेश गर्नुभएको छ । माओवादी निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिष्ट ( वाईसियल) का अध्यक्ष टक बहादुर पूर्जा, उपाध्यक्ष टंक पूर्जा, सचिव सविन्द्र थापा लगायत वडा कमिटीको सवै सदस्यहरु पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

माओवादीका भातृसंगठन अनेमसंघ, वाईसियल, दलित मुक्ति मोर्चा लगायतबाट समेत गरि करिव दुइ सय जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले म्याग्दीले जनाएको छ । माओवादी केन्द्रका अर्का युवा नेता वुद्धि पुन शुक्रबार नै नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार भरत पुन र उपाध्यक्षको उम्मेदवार दिवा पुनको समन्वयमा फगामीको सहितको समूह एमालेमा प्रवेश गरेको हो ।

 

You can share this post!

घतानका नेपाली काँग्रेसका सक्रिय सदस्य मिजार एमालेमा प्रवेश

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीको अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित

Related posts