क्यान म्याग्दीको अध्यक्षमा लाल कार्की चयन

म्याग्दी । कम्प्युटर व्यवसाय संचालक तथा सूचना र प्रविधिको क्षेत्रमा कार्यरतहरुको संस्था कम्प्युटर एशोसियनस नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको अध्यक्षमा लालबहादुर कार्की चयन हुनुभएको छ । आईतबार बेनीमा भएको क्यानको पाँचौ साधारणसभा तथा चौथो अधिवशेनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

क्यान म्याग्दीको नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा युवराज आचार्य, सचिवमा बासुदेव घिमिरे, कोषाध्यक्षमा ज्ञानबहादुर श्रीष, सदस्यमा संगिता हमाल मल्ल चयन हुनभएको छ । दुई सदस्य भने पछि थप गरिने भएको छ ।

अध्यक्ष कार्कीले बेनीको गणेशटोलमा ए वन कम्प्युटर सेन्टर संचालन गर्दै आउनुभएको छ । म्याग्दीका कम्प्युटर व्यवसाय संचालन गरिरहनुभएका व्यवसायीहरुको हकहितमा रचनात्मक काम गर्ने अध्यक्ष कार्कीले प्रतिवद्धता जनाउनुभएको छ ।

बजारमा एकरुपता ल्याउने, सूचना तथा प्रविधि सम्वन्धी विभिन्न तालिम तथा गोष्ठीहरु संचालन गर्ने, जिल्लाका अन्य संघ संस्थाहरु संग सहकार्य गरेर प्रविधिको क्षेत्रमा नविनतम कार्यहरु गर्ने योजना बनाएर अगाडी बढ्ने अध्यक्ष कार्कीले सुनाउनुभयो । देशमा भित्रिएका नयाँ प्रविधिलाई जिल्लामा ल्याउन विशेष भूमिका निभाईने पनि अध्यक्ष कार्कीले बताउनुभयो ।

अधिवक्ता ठहर बहादुर भण्डारी, म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्य, गैर सरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल निर्वाचनमा मण्डलमा रहनुभएको थियो ।
कार्यक्रममा क्यान म्याग्दीका अध्यक्ष बामदेव रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन सहित सूचना र प्रविधिको क्षेत्रमा जिल्लामा उत्कृष्ट कार्य गर्न अनुरोध गर्नुभएको छ ।

 

 

You can share this post!

मालिकाको देविस्थानमा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम

बेनपाको पात्लेखेत र रत्नेचौरमा पाठेघर सम्वन्धी शिविर

Related posts