गत आर्थिक बर्ष २०७६÷०७७ मा बेनी नगरपालीकाको ८ लाख ५० हजार लागतमा निमार्ण सम्पन्न भएको हेलिप्याड प्रयोग विहीन बनेको छ । नगरपालीकाको पूर्वधार विकास कार्यक्रम अन्त्तर्गत विनीयोजन भएको ११ लाख रुपैँया मध्य ८ लाख ५० हजारमा बेनीबजारको खुल्ला मञ्चको पूर्व÷दक्षिण भएर बग्ने कालीगण्डकी र म्याग्दी नदीको सङ्गम स्थलमा रहेको मसान्घाट माथि निमार्ण भएको हेलिप्याड प्रयोग विहीन बनेको हो ।
जनतालाई विपद्बाट जोगाउन भन्दै जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड, एक हेलिप्याड’को अवधारणा अनुसार बेनपां–७ को समन्वयमा बेनी नगरपालीकाको लागतमा उक्त हेलिप्याड बनेको थियो । तर मृत्यूवरण गरेका मानिस लाइ दाहसंस्कार गर्ने घाट माथि बनेको हेलिप्याडमा मानवीय संमवेदना संग मेल खान गएका कारण सिकीस्त विरामी जान नमान्नु र विपद्को बेलामा हेलिप्याड माथि नै नदी बग्नुको कारण राज्य कोषको लाखौं खर्च गरेर बनाईएको उक्त हेलिप्याड प्रयोग विहीन बनेको स्थानीय रमेश श्रेष्ठले बताउनु भयो ।
म्याग्दी जिल्लाकै ठूला नदी भनेर चिनिने म्याग्दी नदी र कालीगण्डकी नदीको बिचमा बेनी बजार छ । कहिले काली र कहिले म्याग्दी नदीले विपत्ति ल्याएर बेनी बजारका बासिन्दाहरुलाई त्राहीत्राही बनाउने गरेको हामी सबैले देख्दै र भोग्दै आएका पनि छौँ । प्रायः बेनी बजारमा पर्ने विपद् भनेको नदीको कारण नै हो । नदी थुनिदा होस् या नदी बढेपछिको समय होस् हेलिप्याडमाथि बाट नै नदी उर्लिदै जानेगरेको छ । यसरी हेलिप्याड माथिबाट नै नदी उर्लिएर गएपछि विपद्का बेलामा हेलिप्याड प्रयोग हुने कुरा नै भएन ।
अर्काे हेलिप्याडको प्रयोग गरीने बेनी अस्पतालमा उपचार हुन नसकेर विरामीलाई तुरुन्तै हेलिकप्टर मार्फत पोखरा, काठमाडौंका अस्पतालमा पु¥याउनु पर्ने बेलामा हो । जीवन मरणको दोसाँधमा परेर उपचारको लागि छट्पटी रहेको मानिस घाट पुगेर फेरि उपचारको लागि हेलिकप्टर मार्फत् अस्पतालमा जानु भनेको भावनात्मक हिसाबले एकदमै नमिल्दो देखिएको कारण पनि हेलिप्याडको प्रयोग हुन नसकेको हो । सोचविचार र जनताको राय सुझाव नलिइ आफु खुसी जनप्रतिनीहरु कोठा भित्र बसेर योजना निमार्ण गर्नुको एक उदाहरण हो उक्त हेलिप्याड । नगरपालिकाबाट प्रयोग विहीन योजना निमार्ण गरी योजना सम्पन्न हुनुले राज्यको सम्पती बालुवामा पानी हाले जस्तै भएको छ । नत प्रयोग नै हुन्छ नत राज्यको सम्पतीको सदुपयोग नै ।
बेनीबजारभित्र हेलिप्याड बनाउनका लागि कुनै जग्गा मिलान नभएपछि नदीको किनारमा भए पनि हेलिप्याड बनाउनु परेको बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । तात्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय मुनिको बहुउदेश्यीय खेल मैदानमा जीपपार्क सार्ने कुरा निस्किएपछि, बाध्य भएर कालीगण्डकी र म्याग्दी खोलाको सङ्गम स्थलमा हेलिप्याड बनाउनु परेको श्रेष्ठले बताउनु भयो ।
सो स्थान बेनी बजारका साथै आसपासका क्षेत्र, अर्थुङ्गे, पुलाचौर, डम्मरा, जामुनाखर्क, डडुवा लगायतका स्थानमा बसोबास गर्ने मानिसहरुको मृत शरीरको दाह संस्कार गर्न प्रायोग गर्ने गरिन्छ । भौगोलिक रुपमा विकट म्याग्दी जिल्लामा ग्रामीण भेगमा रहेका विरामी ल्याउन तथा लान सहज होस् भनेर जनताहरुको सहजताका लागि हेलिप्याड निर्माण गरिने अवधारण अनुसार उक्त हेलिप्याड निर्माण भएको थियो । तर मानविय समवेदना सँग मेल खान गए पछि हेलिमार्फत विरामी उद्धार नभए पनि हेलिप्याडमा बसेर मलामा आएका मलामी लाइ पानी र फलफुल वितरण गर्न भने सजिलो भएको छ । नगरपालीकाको पूर्वधार विकास कार्यक्रम अन्त्तर्गत २०७६÷०७७ मा विनियोजित ११ लाख रुपैँया मध्य ८ लाख ५० हजारमा हेलिप्याड र २ लाख ५० हजारमा रिङ्गरोड निमार्ण भएको बेनी नगरपालिका ईञ्जिनियर विमल रञ्जन कार्कीले बताउनुभयोे ।
यो समाचार बुलबुल साप्ताहीक समाचारपत्रमा बैशाख २१ गते प्रकाशन भएको छ ।