वाम लोकतान्त्रिक गठवन्धनद्वारा ओखरबोट र देविस्थानमा चुनावी सभा

म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार तथा नेताहरुले शनिबार मालिका गाउँपालिका–४ च्युरीबोट र ५ देविस्थानमा चुनावीसभा सम्पन्न गरेका छन ।

सभालाई सम्वोधन गर्दै गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले पाँच वर्षलाई भत्ता खान र संसदको सुविधा लिनका लागि मात्र पटक पटक उम्मेदवार नबनेको बताउनुभयो । जिल्लाको विकास गर्ने, म्याग्देली जनताको हितमा रहेर काम गर्ने गर्वुजाले बताउनुभयो । जिल्लाको सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास गर्न मेरो पहल हुनेछ, उहाँले भन्नुभयो ।

प्रदेससभा क्षेत्र (ख)का गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आयआर्जनको अवसर गठबन्धनको प्राथमिकता भएको बताउनुभयो । जनताको समस्या संग आफु नजिक रहेकाले आवश्यकता अनुसारको विकासलाई प्राथमिकता राखेर चुनावी एजेन्डा बनाएको उहाँको भनाई थियो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहनुभएका नेकपा माओवादी केन्द्रका समानुपातिक उमेद्वार डा. मिनबहादुर श्रेष्ठले गठबन्धनको देशब्यापी छाएको लहरका कारण अब बन्ने सरकार गठबन्धनकै हुने देखिएको र गठबन्धनका उम्मेदवारले जित्दा विकास योजना भित्र्याएर कार्यान्वयन गर्न सहज हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले संविधानको रक्षा, स्थिरता र सम्बृद्धीका लागि बनेको गठबन्धन सरकार बन्दा गरिएको प्रतिवद्धता अनुसार नेपालीहरुलाई कोरोना विरुद्धको खोपको ब्यवस्था गरेको, माओवादीले नेपाललाई लोडसेडिङबाट मुक्त गरी वर्तमान सरकारले विदेशी बजारमा बिजुली बेच्न थालेको बताउनुभयो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा मालिका गाउँपालिकाका पुर्व अध्यक्ष श्रीप्रसाद रोकाले मालिकामा आफ्नो कार्यकालमा शुरु भएका विकास आयोजनालाई पूर्णता दिन र आवश्यक थप योजना भित्र्याएर कार्यान्वयन गराउन गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

नेपाली काँग्रेसका प्रदेशसभामा समानुपातिक उम्मेदवार विमला गौचन, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्की लगायतले शान्ति र संविधान ल्याएका नेताहरुले संविधानमा भएका व्यवस्था र नागरिकको अधिकारलाई कार्यान्वयन गर्न सहकार्य गर्नुपरेको बताउनुभयो । स्थानीय नेताहरुले गठबन्धनबाट आफूहरु उत्साहीत भएर चुनाव प्रचारमा जुटेको र जिताउने विश्वास दिलाएका छन् ।

You can share this post!

एमालेको चुनावी सभा जारीः‘नीति निर्माणसँगै अन्नपूर्णको विकासमा जोड दिन्छौं’

बेनी बजारका पुराना चौतारी संरक्षण गरिदै

Related posts