चिमखोलामा भुमेपुजा मेला शुरुः– मेलाको अवसर पारी खेलकुद मैदान उद्धघाटन

म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा भुमेपुजा मेला शुरु भएको छ । चिमखोले बासीहरुको ठुलो चाडका रुपमा मनाइने भुमेपुजालाइ मंगलरबार गाउँलेहरु मिलेर पुजा गरे सँगै स्थानीय मण्डली युवा क्लवको आयोजनामा भुमेपुजा मेलाको शुरुवात भएको हो ।
मेलाको अवसरमा क्लवको खेलकुद मैदानको उद्धघाटन गरीएको छ । संघिय सांसद विकास कोषबाट ८ लाख, प्रदेश सांसद कोषबाट ७ लाख, स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण भएको छ । उक्त निमार्ण भएको खेल मैदानको उद्धघाटन गर्दै पुर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री थममाया थापाले चिमखोलाको विकासका लागि आफुले सधैं पहलकदमी गरीरहेको बताउनु भयो । उहाँले बेनी बाट पहिलो पटक चिमखोलामा गाडी चढेर पुगेकोमा खुसी व्यक्त गर्नु भएको थियो । आफु पहिलो पटक राष्ट्रिय सभाको सदस्य हुदाँ गलेश्वर, पिप्ले, मौवाफाँट, दग्नाम, दर्मिजा, चिमखोला हुँदै कुइने मंगलेको घ्यासी खर्क जाने सडकलाइ रातो कितावमा लेखाएको कारण सरकारबाट निरन्तर बजेट परिरहेको बताउनु भयो ।


हाल आफ्नै पहलमा चिमखोलालाइ नमुना ग्राममा पार्न सफल रहेको बताउँदै अव गाउँमा विद्यालय खानेपानी तथा सरसफाइ र नमुना ग्रामका लागी आवश्यक विभिन्न छेत्रहरुमा सरकार बाट बजेट आइरहने बताउनु भयो । उहाँले चिमखोला बाट पाखापानीको रायखोर जोड्ने झोलुङ्गे पुल पनि आफ्नै पहलमा निमार्ण सम्पन्न भई जनताले उपभोग गर्न लागेकोमा खुसी व्यक्त गर्नु भयो । उक्त पुल निमार्ण भए पछि चिमखोला देखि पाखापानीको रायखोर, कोटगाउँ, ठाडाखानी, लगाएका ठाउँमा जानाका लागी दुरी छोटो भएको छ ।
भुमेपुजाको अवसरमा आयोजना गरीएको भुमेपुजा मेलामा महिला भलिवल, पुरुष भलिवल, बास्केटबल लगाएतका खेलकुदका कार्यक्रमहरु आयोजना गरीएको छ । थाली नाचको उद्गम स्थालको रुपमा मानिने चिमखोलामा मेला अवधिभर थालीनाच, सोरठी नाच लागाएतका विभिन्न विधाका नृत्यहरुको प्रस्तुती रहने आयोजकले जानाकारी दिएको छ ।

You can share this post!

तातो पानी कुण्डमा खचाखच विरामी

भरतपुरबाट बेपत्ता बनेका पर्वतका एक यूवा, पर्वत, म्याग्दी आसपास रहेको भन्दै खोजी गरिदिन अपिल

Related posts