लोकप्रीय गायक रवि कार्कीको रे रे साईलो सार्वजनिक (भिडियो सहित)

म्याग्दी । म्याग्दीको लोकप्रीय गायक रवि कार्कीले मौलिक लोकभाका रे रे साईलो सांगीतिक बजारमा ल्याउनुभएको छ । म्याग्दी तिरको मौलिक लोक भाका रे रे साईलो कार्कीले शुक्रबार विहान भिडियो सहित आफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।

गीतमा गायक कार्की, कृष्ण केसी, जमुना राना र दिलु मगरको सुमधुर आवाज रहेको छ भने शव्द तथा लय सृजना गायक कार्कीले नै गर्नुभएको हो ।

कृष्ण केसीको म्युजिक एरेन्जमा रहेको गीतको म्युजिक भिडियोमा पनि रोधी वसेको झल्को दिने गरि मौलिकता समेटिएको छ ।
गायक गायीकाहरु सहित भिडियोमा मोडल दिव्यानी ओली र अनुपा अधिकारीको पनि अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=F8q0i1kKnnU

मौलिक लोक भाकाहरु लोप हुँदै गएको अवस्थामा संरक्षणका लागि पनि रे रे साईलो गीत तयार गरेको गायक कार्कीले बताउनुभयो ।
एक्लै हुँदा नरमाईलो, रे रे साईलो तिमी छौर छ रमाईलो, गीतमा माया प्रीतिका मर्मस्पर्शी शव्दहरु समायोजन गरिएको छ ।

मौलिक लोकभाकाहरुले नै श्रोता दर्शकको मन जित्न सक्ने र जीवन्त रहन सक्ने भएकाले पनि रे रे साईलोमा सहकार्य गरिएको म्याग्दीकै गायीका दिलु मगरले बताउनुभयो ।

गायक कार्कीले जिल्लामै बसेर पनि यहाँको कला संस्कृतिको संरक्षण गर्दै विभिन्न लोक दोहोरी गीतहरु प्रस्तुत गरि चर्चाको शिखरमा पुग्नुभएको छ ।

उहाँका बेनी बजार झर मायालु, जाम सुस्तै, माया के रैछ, हास्ने बोल्ने गरेपो माया बढ्छ, साईली सलक्कै, हुन्छ भने लगायतका गीतहरु श्रोतादर्शकको माझ लोकप्रीय बनेका छन ।

You can share this post!

बेनीमा बीमा सचेतना कार्यक्रमः सिटिजनद्वारा १ करोड मृत्युदावि रकम भुक्तानी

बेनपा –६ डम्मरामा सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम सम्पन्न

Related posts