तातो पानी कुण्डमा खचाखच विरामी

म्याग्दी जिल्लाको बेनपा ५ सिङ्गातातो पानीमा रहेको तातोपानी कुण्डमा उपचारका लागि आउने विरामीको संख्यामा बृद्धि भएको छ । कोरोना माहामारीका कारण बिचमा सुन्य अवस्थामा रहेको कुण्डमा अहिले दैनिक १२ सय सम्म विरामीहरुले उपचार गर्ने गरेका छन् । लकडाउन खुले सँगै तातोपानीमा गत बर्ष भन्दा यस बर्ष विरामीहरु उपचारका लागि धेरै आएको तातोपानी कुण्ड व्यवस्थान समितीका सचिव कृष्णबहादुर खड्काले बताउनु भयो ।
उत्त प्रकृतिक रुपमा उत्पत्ती भएको तातोपानीमा डुब्दा हातखुट्टा, ढाड र घुडाको दुखाई रहेका, युरीक एसीड, बाथ, चिसोकोकारण गानोगोला ग्याष्ट्रीक भएका तथा पहिला कुनै दुर्घटनामा परी शरीरको कुनै अंङ्गभङ्ग भएको र हाल दुखीरहने समस्याले सत्याएका विरामीहरुलाइ सन्चो हुने विश्वास रहेको छ । जसका कारण तातोपानीमा उपचार गर्न स्वदेश तथा विदेशबाट नै विरामीहरु आउने गरेको छन् । यहाँ आएर उपचार गर्दा ठिक हुने भएकाले विरामीहरु आउने गरेको कुण्ड व्यवस्थापन समितीका सह–सचिव कुमार केसीले बताउनु भयो ।

बाथ सम्बन्धी रोग भएको र उपचार गरेर औषधी खाँदा समेत ठीक नभए पछी डाक्टरको सल्लाहमा नै तातोपानीमा आफुहरु आएको काठमाडौं सिता पाइलाकी सुशीला खनालले बताउनु भयो ।
कोरोना माहामारीका कारण केही समय सुनासान रहेको तातोपानीमा अहिले भने उपचार गर्न आउने विरामीको चाप बढेको छ । बिहान ६ बजे देखि बेलुका ५ बजे सम्म खुल्ला रहने कुण्डमा एक दिनमा नै १२ सय भन्दा बढी विरामीहरु पोखरीमा पालो लगाएर डुब्ने गरेका छन् ।

You can share this post!

प्रवासीले पहिरो पिडितको ४० घर बनाएर बैशाखमा हस्तान्तरणा गर्ने

चिमखोलामा भुमेपुजा मेला शुरुः– मेलाको अवसर पारी खेलकुद मैदान उद्धघाटन

Related posts