प्रवासीले पहिरो पिडितको ४० घर बनाएर बैशाखमा हस्तान्तरणा गर्ने

हिमाली जिल्ला म्याग्दीमा गत असार २५ र २६ गते बाढी पहिरोका कारण घर बास गुमाएका पहिरोपीडितहरुको परिवारले बैशाख पहिलो हप्ता नै नयाँ घर पाउने भएका छन् । रोजगारीको शिलशिलामा प्रवासमा गएका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले जिल्ला भरीका ४० पहिरोपिडीतहरु लाइ प्रति घर ५ लाखको लागतमा शौचालय सहितको ३ कोठाको घर निमार्ण कार्य गरीरहेको छ ।

म्याग्दी बाट सन्दिप शर्माको रिपोर्ट

https://youtu.be/R0weOqpR0lw

सोही अनुसार प्रवासमा भएका म्याग्देलीहरु बाट नै आर्थिक संकलन गरी मोना कै नेतृत्वमा मालिकाको बिममा १०, धवलागिरिको मराङमा १०, धारापानीमा ४, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४÷४ वटा घर निमार्ण कार्य तिव्र गतीमा जारी रहेकोे मोना म्याग्दीका उपाध्यक्ष सुर्य भट्टचनले बताउनु भयो ।


जग्गा भएकाहरुको आफ्नै जग्गामा र नभएकाहरुका लागि स्थानिय तह हरुले उपलब्ध गराएको जग्गामा आवास पुनर्निर्माण कार्य गरीएको पुनर्वास समिती मोना म्याग्दीका सदस्य दलबहादुर सेरपुञ्जाले बताउनु भयो । उहाँले गत माघ २८ गतेबाट पुनर्निमार्णको काम शुरु गरेको बताउँदै हाल सम्म ३२ घरको निमार्ण कार्य अन्तीम चरणमा पुगेको र बाँकी ८ घर चैत्र महिना भित्र निमार्णकार्य सम्पन्न गरी पिडीत परीवारहरुलाइ हस्तान्तरण गर्ने बताउनु भयो ।

पहिरोले घर लगे पछी आफन्तकोमा बस्दै आउनु परेको छ । तर मोनाले घर बनाइदिदाँ भने खुसी लागेको छ । कहिले काम सकिन्छ र कहिले आफ्नै घरमा बस्न पाउँछु भन्दै दैनिक घर बनाएको हेर्न आउने गरेको छु ७१ बर्षीय पहिरोपिडित ओम प्रसाद परीयारले बताउनु भयो । मोनाले घर निमार्ण गर्न लागेको र मोनामार्फत घर निमार्ण गर्न सहयोग गर्ने सबैलाइ ठुलो धर्म लाग्ने छ उहाँले भन्नुभयो ।

यतिवेला प्रवासमा दुख गर्न र परिवारको गुजरा चलाउन विदेशिएका म्याग्देलीहरु खाइ नखाइ गरेर मोना मार्फत पुननिमार्ण कार्यमा जुटी रहेका छन् । पुन निमार्ण गर्ने कार्य मात्रै नभएर जिल्लामा अन्य वेला दुख पर्दा पनि प्रवासी म्याग्देलीहरुले मोना मार्फत सहयोग गर्ने गरेका छन् । जिल्ला भित्र विकास निमार्णको कार्य गर्न होस् वा पिडीतको आँसु पुच्छ्न होस् मोना म्याग्दी अग्रणी भूमीकामा देखिन्छ ।

You can share this post!

पुनहीलबाट देखीएको सुर्योदय…फाेटाेफिचर

तातो पानी कुण्डमा खचाखच विरामी

Related posts