म्याग्दीमा यतिवेला नेपाली कांग्रेसका नेताहरु गाउँगाउमा पुगेका छन् । नेताहरु गाउँगाउँमा पुगे पछि वडाहरुमा काँग्रेसको निमार्णचनको महोल समेत बढेको छ । यति वेला चिया पसल देखि चोक चोकमा कांग्रेस म्याग्दीमा कस्को नेतृत्व हुन्छ भन्ने कुराको बहस चर्किदै गएको छ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकीदै गर्दा असोज ५ गते जिल्ला, असोज १ गते निर्वाचन क्षेत्र, भाद्र २७ गते गाउँ तथा नगर र भाद्र १८ गते वडा अधिवेशन तोकीएको छ । वडा अधिवेशन नजिकिए पछि गाउँ तथा नगरलाई आफ्नो पक्षमा पार्ने उद्देश्य अनुसार नेताहरु यति बेला वडा तर्फको अधिवेशनमा तातिरहेका छन् । १ नगरपालिका ५ गाउँपालिका सहित ६ वटा स्थानीयतह रहेको म्याग्दीमा ४५ वटा वडाहरु रहेका छन् ।
सबै जसो नेताहरु आफ्नो निकटका प्रतिनिधीलाई वडा बाटनै छनोट गरेर पालिका क्षेत्र र जिल्लामा आ–आफ्नो उपस्थिती बलियो बनाउने दाउमा छन् । बेनी बजार सहित काठमाडौं, पोखरा बस्ने नेपाली काँग्रेस समर्थक नेता तथा कार्यकर्ताहरु समेत वडा वडा फर्किएर अधिवेशनको तयारीमा लागेको नेपाली काँग्रेस म्याग्दीका सभापती खम्बिर गर्बुजाले बताउनु भयो ।
नेकपा फुटेर तिन टुक्रा बने पछि कांग्रेस म्याग्दीमा स्थानीय तह देखि म्याग्दीबाट प्रतिनिधित्व हुने प्रदेश र संघ सरकारमा समेत आफ्नो उपस्थिती बनाउने दाउमा छ । महाधिवेशनबाट निर्वाचित हुने स्थानीय तह देखि जिल्ला र क्षेत्रका सभापतिहरु टिकटका पहिलो दावेदारी हुन्छन् । सभापति बनेपछि टिकटमा पहिलो दावि हुने भएकाले समेत वडा वडामा यतिवेला सभापति बन्नलाई होडबाजी नै चलेको छ ।
म्याग्दीमा सभापतिको लागि वर्तमान सभापति खम्बिर गर्बुजा , पुर्व सभापति रेशम बानियाँ, वर्तमान उपसभापति माधव रेग्मी, नेत्र महत, पार्टी सचिव मिन बहादुर कार्की, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र अन्नपुर्ण गाउँपालिका अध्यक्ष डम बहादुर गर्बुजा दावेदार देखिएका छन् ।