अर्थमन्त्रीमा पुन जनार्दन शर्मा नियुक्त, साढे ५ बजे सपथ

काठमाडौं । अर्थमन्त्रीमा २५ दिनपछि पुनः जनार्दन शर्मा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्री शर्माले आजै साँझ राष्ट्रपति कार्यालयमा सपथ लिने तय भएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुले प्रवेश पाएको विषयमा विवादित बनेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्माले नै पुनः जिम्मेवारी पाउनुभएको हो । संसदीय छानबिन समितिले शर्मालाई सफाइ दिँदै प्रतिवेदन बुझाएको थियो ।

शीतल निवासमा साँझ साढे ५ बजे सपथग्रहण समारोह राखिएको राष्ट्रपति कार्यालयका सहसचिव सागर आर्चायले जानकारी दिनुभयो ।

You can share this post!

उत्साही समुहको अध्यक्षमा श्रेष्ठ र सचिवमा परियार चयन

मन्त्रालयले पठाएको प्रशासकीय अधिकृतलाई मंगलाले फिर्ता पठायो

Related posts