जलेर घाइते भएका सांसद भण्डारीलाई मुम्बई लगियो

काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो ।

कीर्तिपुर बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा। नजिना ताम्राकारका अनुसार भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको हो । चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ ।

हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।

चन्द्रको स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी ९इन्टुबेसन गरी० अक्सिजन दिँदै मुम्बइ लगिएको छ ।

आफूहरुले विमानलाई एयर एम्बुलेन्सको रुपमा प्रयोग गरेर मुम्बई उडान गरेको श्री एअरलाइन्सका महाप्रबन्धन अनिल मानन्धरले जानकारी दिए ।

सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको छ । नर्भिकबाट ६ जना चिकित्सकको टोली पनि मुम्बई गएको छ ।

६ जनाको टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् । क्रिटिकल केयर प्रमुख डा।प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा।वृहस्पति र फ्लाइट डाक्टर डा।रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ छन् ।

बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा कीर्तपुरस्थित बर्न अस्पतालमा निधन भएको छ ।onlinekhabar

You can share this post!

जनता माविका किशोरीलाई आत्मरक्षासम्बन्धी सचेनता

अनेरास्ववियुको केन्द्रिय सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी

Related posts