शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

बेनी । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ । समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद आचार्य, सचिवमा बिष्णुप्रसाद आचार्य, सहसचिवमा सन्तोष शर्मा ढुंगाना र कोषाध्यक्षमा निरमाया मिजार चयन हुनुभएको छ । सदस्यहरुमा हरि गिरी, विनोद श्रेष्ठ, विज्ञान सुवेदी र दुर्गाराम सुवेदी रहनुभएको छ ।

समाजका निवर्तमान सभापति सन्तोष गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जेष्ठ नागरिक समाजका उपाध्यक्ष नैनकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । समाजका केन्द्रिय सचिव चन्द्रमणी बञ्जरा, पुर्व उपसभापति राम्जीप्रसाद सुवेदीले शुुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

You can share this post!

म्याग्दीका डिएसपी मदन कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको सम्मान

लायन्स क्लवद्वारा विरेन्द्रचोकको ८० बर्ष पूरानो चौतारी मर्मत

Related posts