नेपालमा कोरोना भाइरसका ५० हजार भन्दा बढी संक्रमीत ब्यत्तीहरू निकाे भएर घर फर्किए

नेपालमा ५० हजार भन्दा बढी कोरोना भाइरस बाट संक्रमीत ब्यक्तीहरु निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरबाट आज ४ सय ५७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५० हजार नाघेको हो । मन्त्रालयका अनुसार ५० हजार ४ सय ११ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै देशभर संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ । यी मध्ये १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित संस्थागत र होम आइसोलेसनमा रहका छन् ।
आजससम्म ९ लाख ५५ हजार ९ सय २३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा १७ जनाको निधन भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४ सय ५३ पुगेको छ ।
थप सामग्री ः जततउकःररकजष्बिउबतचब.अयmरमभतबष्रिद्धज्ञढघड

You can share this post!

क्वारेन्टिन बसेका भकिम्लीका १ जनामा कोरोना संक्रमण

जन्मदिनको अवसर पारेर वालगृहमा बसेका बालवालिका लाई लत्ताकपडा सहयोग

Related posts