म्याग्दी । लोकप्रिय ब्राण्ड बनेको गोल्डस्टरको आधिकारिक सोरुम बेनीमा संचालनमा आएको छ । म्याग्दीका उपभोक्ताहरको माग अनुसार बेनी नगरपालिका–८ शिक्षामार्गमा उक्त सोरुम संचालन ल्याएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस्टार ब्राण्डको आधिाकारीक विक्रेता रहेको छ ।
नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले साविक धौलागिरी अञ्चलमा नै पहिलो सोरुम म्याग्दीमा स्थापना गरिएको गोल्डस्टारका रिजनरल सेल्स म्यानेजर अचुुत कार्कीले बताउनुभयो ।
सोरुमको उद्घाटन गर्दै कार्कीले सन् १९७० मा स्थापित गोल्डस्टारले अहिले ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको बताउनुभयो । ३ सय ५० रुपैयाँ देखि ५ हजार सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने कार्कीले जानकारी दिनुभयो ।
वुधबार बिहान सोरुमको उद्घाटन गर्दै कार्कीले भारत, चाईना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरीय भएका कारण नेपालीहरु पुगेका अधिकाश देशहरुमा यसको बिक्रि हुने गरेको बताउनुभयो ।
तिन दिन सम्म उक्त सोरुममा पुगेर जुत्ता चप्पल किन्ने ग्राहकले १०देखि १५ प्रतिशत सम्म छुट पाउने सोरुम संचालनक खत्रीले जानकारी दिनुभयो । गोल्डस्टारको सबै उत्पादन सस्तो, राम्रो र टिकाउ समेत भएको अस्मीता भण्डारी खत्रीले बताउनुभयो । उहाँका अनुसार एनके कलेक्सनले दशै तिहारको अवसरमा विभिन्न किसीमका प्याकेज सार्वजनिक गरिने छ ।