मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलान्यास

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो ।

कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे हुने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।

भवन आगामी चैत्र महिनाभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ । भवनको शिलन्यास गदैं क्याम्पसका संरक्षक एवम् गाउँपालिका अध्यक्ष रोकाले भौतिक पूर्वाधारसँगै शैक्षिक गतिविधिलाई समेत तिब्रता दिदैं पश्चिम म्याग्दीको शैक्षिक हब बनाउनुपर्ने बताउनुभयो ।

क्याम्पसको प्रशासनीक भवनको ३ तलेको डिपिआर तयार गरिएकाले भविस्यमा एउटै भवनबाट प्रशासनीक कार्यसम्पादनका लागि थप संरचना थपिने क्याम्पस सञ्चालन समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।

हाल शिक्षा संकायमा पठनपाठन भइरहेको क्याम्पसमा प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्ने गरी संरचना थपिने अध्यक्ष थापाको भनाई छ ।

प्रशासनीक भवन शिलन्यास कार्यक्रममा मंगला–२ का वडा अध्यक्ष धनबहादुर खाती, प्राध्यापक संघ मंगला शिक्षा क्याम्पसका अध्यक्ष कलम भण्डारी, स्ववियू सभापति भिममायाँ रोका, सञ्चालन समितिका सदस्यहरु सहितको उपस्थिती रहेको थियो ।

म्याग्दीको सदरमुकाम बाहिरको पहिलो क्याम्पस मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रियामा समेत अगाडी बढेको छ । क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगबाट भौतिक पूर्वाधार सहित तालिम, शैक्षिक अवलोकन भ्रमण,अनुसन्धानमुलक तालिम लगायतका गतिविधिमा समेत सहयोग भइरहेको छ ।

 

 

 

 

You can share this post!

काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली

अन्नपूर्ण आधार शिविर पदमार्ग प्रर्वद्धनका लागि पदयात्रा

Related posts