बेनी नगरपालिकामा विवेक हमालको नेतृत्वमा युवा संघ र सिद्धार्थ शाक्यको नेतृत्वमा युथ फोर्स गठन

नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्स बेनी नगर कमिटीको गठन भएको छ । राष्ट्रिय युवा संघ नेपाल बेनी नगरकमिटीको आयोजनामा नेकपा एमाले म्याग्दीको पार्टी कार्यालय हाँडेभिरमा आयोजना गरीएको भेलाले बिवेक हमाल अध्यक्ष रहेको राष्ट्रिय युवा संघ नेपाल र सिद्धार्थ शाक्य संयोजक रहेको युथ फोर्सको गठन गरेको छ ।
युवा संघको उपाध्यक्षमा गणेश बोगटी, सचिवमा सविस चोखाल, कोषाध्यक्ष अनुशा शाही, सह–सचिवमा विनोद परियार र सदस्यहरुमा हिमाल खत्री, शिव थापा मगर, दिलिप थापा मगर, मिलन घर्ति, मनोज गुरुङ्ग, सरिता किसान, रामकृष्ण परियार, विनोद परियार, सागर बानियाँ, सुनिल खत्री, शंकर पौडेल, विशाल घर्ती, रक्षा पौडेल, केशन खड्का, प्रकाश बानियाँ, जीवन श्रेष्ठ, मिलन जि.सी, सागर शर्मा, ओस्कार श्रेष्ठ, नारायण खत्री, चिरिञ्जीबी सुवेदी, मीन बहादुर घर्ती, सुमन (खत्री) के.सी र विशाल कार्की लगाएतका ४५ जना सदस्यहरु रहेका छन् भने युथ फर्स तर्फ सह–संयोजकमा अटुल राज भण्डारी र आनन्द किसान सचिव कमल पौडेल, काेषाध्यक्ष कनक प्रधान र सदस्यहरूमा चन्द्र बहादुर थापा, अभिषेक पुन, सागर चोखाल, राम खत्री, राजेन्द्र बानीयाँ, दिवश मल्ल, राम के.सी, मन्जील खत्री, अर्जुन बस्नेत, सन्तोष खत्री, सन्दिप परियार, आयुष भण्डारी, सौगात बानीयाँ, विपिन खत्री, सागर परियार, चन्द्र बहादुर बुढा लगाएतका ४५ जना सदस्य रहेको कमिटी गरेको युवा संघ बेनी नगरकमिटी म्याग्दीका अध्यक्ष विवेक हमालले बताउनु भयो ।


भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले कांग्रेसको सरकार आएको महिना समेत नवित्दै सरकारी स्वामित्वमा आउन लागेको मनिपाल शिक्षण अस्पताललाई कमिसनको लोभमा ब्यत्तिलाई जिम्मा लगाउने भित्र भित्रै सेटिङ्ग भएको भन्दै जनताको लागि यो सरकार घातक भएको बताउनु भयो । उहाँ हाल सम्म पनि मन्त्री मण्डल गठन गर्न नसक्नु ले नै सरकार असफल हुने कुरामा कुनै दुई मत नरहेको दाबि गर्नु भयो । त्यसैगरी भेलालाइ सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठले म्याग्दी जिल्ला नेकपा एमालेको लाल किल्ला रहेको बताउँदै अब पनि लाल किल्ला रहने दावि गर्नु भयो । पार्टीमा बसेर अन्तरघात गर्ने, नेकपा एमालेका विकार तत्वहरुको बाहिरगमन भए सँगै स्वच्छ एमालेको निमार्ण भएको भन्दै पहिलोको भन्दा पनि तेज सुर्यलाई लिएर अगाडि बढ्ने कुरामा कुनै दुई मत नरहेको बताउनु भयो ।


युवा संघ नेपाल बेनी नगरकमिटी म्याग्दीका अध्यक्ष विवेक हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले म्याग्दीका नेता सन्तोष रावल, प्रमोद श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्य प्रकाश पौडेल, युवा संघ म्याग्दीका सह–संयोजक विजय घर्ती मगर र सचिव शिशिर साहीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम युवा संघ नेपाल बेनी नगर कमिटी सचिव सविचोखालको सञ्चालन र जिल्ला कमिटी कोषाध्यक्ष लक्षुमण कटुवालको स्वागतमा सम्पन्न भएको थियो ।

You can share this post!

"चिनाकोटमा बन्यो पुर्बधार"

दोहोरी च्याम्पियनमा म्याग्देली चेली शोभा कार्कीको समुहलाइ जिताउन भोटको अपिल

Related posts