प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने म्याग्देली खेलाडीलाई सम्मान

म्याग्दी । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रम गरी सम्मान गरेको छ ।

जिल्लाको इतिहासमै पहिलोपटक प्रदेशस्तरीय सम्रग प्रतियोगितामा तेस्रो स्थानमा आएको म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार सम्मान गरिएको हो ।

गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा एकल र समुह इभेन्टमा स्वर्णपदक जितेपनि पहिलोपटक खेलका विभिन्न विधामा उत्कृष्ट प्रर्दशन सहित काँस्य पदक सहित प्रदेशमा खेलकुद विधामा उत्कृष्ट ३ भित्र पर्न सफल भएको हो ।

जिल्ला खेलकुद विकास समितिका खेलकुद प्रशिक्षक मलिन रोकाले म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० काँस्य पदक जितेको बताउनुभयो । प्रतियोगितामा एथलेटिक्समा ३ स्वर्ण, उसुमा ३, टेक्वान्डो २, कबडी छात्रामा १ स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

म्याग्दीबाट स्वर्णपदक बिजेता सबै र भलिबल तर्फ छात्रामा उपविजेता भएपनि उदयमान खेलाडीको रुपमा कमला पाइजा र रिकजना माँझी राष्ट्रियस्तरको खेलका लागि छनौट भएका जिल्ला खेलकदु विकास समितिका प्रशिक्षक तथा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । । त्यस्तै कबड्डीमा छात्रातर्फ ३ र छात्रतर्फ २ गरि ५ जना खेलाडीहरु राष्ट्रिय स्तरको राष्ट्रपति कपमा छनौट हुन सफल भएका जिल्ला कबड्डी संघका अध्यक्ष तथा कबड्डी प्रशिक्षक राजकुमार परियारले जानकारी दिनुभयो । त्यस्तै तेक्वान्डोतर्फ २, एथेलेटिक्सतर्फ ३ र उशुतर्फ ३ जना खेलाडी छनौट भएका छन ।

नवलपुरको कावासोती रङ्गशालामा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीको सम्रग नतिजा सन्तोषजक देखिएको छ । म्याग्दीका एथलेटिक्स, कराँते र उसुका खेलाडीले अन्य जिल्लाहरुले पहुँचको भरमा उमेर धेरै र धाबकलाई समेत फर्जी खेलाडीको रुपमा पदकका लागि मैदानमा ल्याइएको प्रमाण पेश गर्दा समेत सुनुवाई नभएको गुनासो गरेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले सिमित स्रोतसाधानका बाबजुत पनि उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई स्थानीय तहले प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले प्रतियोगितामा पदकविहिन भएका खेलाडीलाई समेत सम्मान गर्ने र खेलमा हारजित हुने भएकाले नियमित अभ्यास सहितका कार्यमा सहभागी हुन समेत अनुरोध गर्नुभयो ।

प्रतियोगितामा प्रदेशका ११ जिल्लाबाट जिल्ला स्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागि रहेको थियो । म्याग्दीबाट भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा खेलाडी सहभागी भएका थिए ।

म्याग्दीबाट प्रतियोगिताको एकल र समुह इभेन्टमा २ सय जना खेलाडीको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा बेनी नगरकी उपमेयर ज्योति लामिछाने, प्रबक्ता रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सदस्य कुमार किसानले गर्नुभएको थियो ।

 

You can share this post!

दादुरा–रुबेलाविरुद्धको खोप आजदेखि

चौरासी पुजाको अवसरमा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग

Related posts