गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कमिटिले म्याग्दीको गलेश्वर स्थित गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिक हरुलाइ दर खुवाएको छ ।
हरितालिका तिजको अबसर पारी आश्रममा रहेका ४२ जना र अन्य १३ जना गरि ५५ जना जेष्ठ नागरिकलाइ दरको परिकार खुवाएको एनआरएनए क्युस्यु सदस्य उज्ज्वल बानियाँले जानकारी दिनुभयो ।
आफ्नो परिवार नभएका तथा अन्य कारणबाट परिवार भन्दा टाढा रहि आश्रममा शरण लिइ बसेका बृद्धहरुलाइ प्रदेशबाट माइतिको सम्झना स्वरुप रु २१ हजार बराबरको खर्चमा दर खुवाइएको बानीयाँले बताउनु भयो ।
दर खुवाउने कार्यक्रममा आश्रमका कार्यबाहक अध्यक्ष बम बहादुर पुन र गलेश्वर शिवालय क्षेत्र बिकास कोषका कार्यबाहक अध्यक्ष पण्डित भिमनाथ पराजुली को बिशेष उपस्थिति रहेको थियो ।
एनआरएनए क्युस्युले हाल सम्म बिभिन्न सामाजिक सेवाका गतिबिधि गर्दै आइरहेको र यस प्रकारका कार्यलाइ आगामी दिनमा पनि निरन्तरता दिदै जाने संयोजक अर्जुन थापाले बताउनु भयो ।