मोनाको पाँचौ महाधिवेशन आगामी असोज २६ देखि बेनीमा सुरु हुने

म्याग्दी । विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ ।

मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो ।

मोनाले अहिलेसम्म २८ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको छ । महाधिवेशनमा शाखाबाट सहभागि प्रतितिनिधहरुबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन हुने मोनाका सचिव सुवोध बरुवालले जानकारी दिनुभयो । सदरमुकाम बेनीमा हुने महाधिवेशनमा विविध सांस्कृति तथा खेलकुद कार्यक्रम आयोजना गरिएको सचिव बरुवालले बताउनुभयो ।

महाधिवेशन हुनु पूर्व असोज २४ र २५ गते बेनीस्थित खुल्लामञ्चमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । म्याग्दीका ६ पालिकाबाट २५ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने छन् ।

पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमशस् एक लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेको सचिव बरुवालले जानकारी दिनुभयो ।

उहाँले यस प्रतियोगितामा २०५७ सालपछि जन्मिएका खेलाडीमात्र सहभागि हुने पाउने बताउनुभयो । प्रतियोगितामा उतकृष्ट खेलाडीलाई १० हजार रुपैयाँले पुरस्कृत गरिने छ । महाधिवेशनको अवसरमा बेनी देखि पर्यटकीय स्थल लभ्लिहिल सम्म मोना मिनी म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको सचिव बरुवालले बताउनुभयो ।

You can share this post!

मेयर केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर चलाय

बेनीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिता हुने

Related posts