रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन सांसद भण्डारीको माग

पोखरा । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन माग गर्नुभएको छ ।
प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले म्याग्दी जिल्लामा मकै र धान बालीका लागि माग अनुसार रासायनिक मल आपुर्ति नहुँदा कृषक समस्यामा परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“गत वर्ष म्याग्दी जिल्लामा ३२ मेट्रिक्टन रासायनिक मल आपुर्ति भएको थियो,” उहाँले भन्नुभयो “अहिले जम्मा १५ टनको कोटा तोकिएको रहेछ् । कृषि उत्पादन बढाउने कुरा गर्दै गर्दा किन खेतीबालीका लागि आवश्यक मल समयमै पर्याप्त आपुर्ति नभएको हो ।”

मकैबाली गोडमेल र धान बाली गर्ने समय नजिकिएको छ । कृषकले आवश्यक मात्रामा रासायनिक मल नपाउँदा समस्यामा परेका छन् । मल अभावका कारण कृषि उत्पादनमा गिरावट आउने कृषकहरुको चिन्ता छ ।

 

You can share this post!

मावि स्तरीय लोक गीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम

पाँचौंँ महिला अधिकार दिवसमा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण

Related posts